IMG-LOGO

सुरक्षा अवस्था बारे अन्तरक्रिया

 मंगल, बैशाख ५, २०८०  ---

      जिल्ला प्रहरी कार्यलय धुलिखेल काभे्रले  जिल्लाको समग्र शान्ति सुरक्षाको प्रत्याभुतको अवस्था के छ र नागरिकहरुले भोगेका  समस्यका बारेमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा सँग नागरिक समाज, जनप्रतिनिधि, राजनितिकर्मी, र सञ्चारकर्मीबीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समसामायिक अवश्थाको बारेमा जानकारी गराएका थिए । बिपी राजमार्ग, धुलिखेल खावा सडक खण्ड, अव्यवस्थित पार्किङ, सिसि टिभीमा देखिएको समस्या, सडक वरीपरी फहोरको डङुरले वातावरणीय प्रदुशणले नागरीकले बेहोर्नु परेका समस्याका बारेमा धुलिखेल नगरपालीकाबाट निर्वाचित वडा अध्यक्षहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । धुलिखेल वडा नं १ देवीटरमा चोरी घटना वृद्दि भएको, मदिरा उत्पादन र बेचबिखनले झै झगडाको कारण समाजमा विकृती मौलाएका कारण अस्थायी चौकी निर्माणको माग गरिएको थियो ।

      पनौती, धुलिखेल नगरको ग्रामीण बस्तीमा खसी बोका चोरीको बिगबिगी बढेकाले नियन्त्रणको लागि प्रहरी गस्ती बढाउनुपर्ने कुरा धुलिखेल वडा नं १० का अध्यक्ष गोविन्द भण्डारीले उक्त अन्तरक्रिया कार्यक्रम राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ काभे्रका निवर्तमान उपाअध्यक्ष रमेश प्रसाद न्यौपानेले जिल्लामा दिनप्रति दिन अपराधिक घटनाहरु, चोरीका घटनाहरु, बढ्दै गएकाले नियन्त्रणका लागि प्रहरी प्रशासनले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै गरी धुलिखेल खावा सडक खण्डको बाटो बिस्तारका सन्दर्भमा अव्यवस्थित माटो जताततै क्षत विक्षत गरेको सडक सवार यात्रुले सास्ति भोग्नुपरेको, वातावरण प्रदुशणका कारण धेरै समस्या भोग्नुपरेको हुँदा बाटो निर्माण गर्ने ठेकेदारले प्रमुख जिल्ला अधिकारी र सडक विभागको समन्वयमा बोलाएको छलफलमा पनि नआउने, सडक विस्तारको कार्यमा पुरै वेवस्ता गरेको कुरा निर्वतमान उपाध्यक्ष न्यौपानेले राख्नुभयो । जिल्ला प्रहरी कार्यलय काभे्रका प्रमुख एसपी भाग्येन्द्र पुरुण ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन डियस्पी ढुण्डीराज न्यौपानेले गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक किरण राणाले नागरिकहरुको शान्ति सुरक्षा र अपराध नियन्त्रण गरी शान्ति अमन चयनमा प्रतिवद्द रहने त्यसमा जनप्रतिनीधि र सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्