मुटु बचाउ अभियानमा निरन्तर लागि परेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्रको २८ औं वार्षिक साधारण सभा अध्यक्ष अशोक कुमार श्रेष्ठको सचापतित्व र केन्द्रीय अध्यक्ष बलराम न्यौपानेको प्रमुख आतिथ्यतामा विहिबार सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले मानव जिवनमा २० वर्ष देखि रोग लाग्न सुरु गर्छ, मानव जिवनलाई स्वस्थ राख्न खानपान र जीवन शैलीलाई ध्यान दिनुपर्ने बताउनु भयो । मानव जीवनलाई ९० प्रतिशत रोग आपm्नै कारणबाट लाग्ने अरुबाट १० प्रतिशत भएकाले धुम्रपान नगर्ने, नियमित योगा, ध्यान गर्ने गरेमा मुटु रोग नलाग्ने हुँदा सबैले ध्यान दिनु आवश्यक भएको तर्क प्रमुख अतिथि न्यौपानेले गर्नु भयो ।
नेपाल हृदयरोग प्रतिष्ठान काठमाण्डौका अध्यक्ष बलराम श्रेष्ठ, बनेपा शाखा पूर्व सभापति हरिभक्त भोछिभया, बनेपा वडा नं ७ अध्यक्ष हिटलर शाक्य, लायन्स क्लव अफ काभे्र बनेपाका पूर्व अध्यक्ष रामराज धौभडेल लगाएतले मन्तव्य राख्नुभएको थियो । सचिव सिद्दिबहादुर कर्माचार्यले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाअध्यक्ष रामप्यारी श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।
शिक्षा सेवी फनिन्द्रराज, स्वास्थ्य सेवी द्वय डा. अनिशा र रुपा सम्मानित
शिक्षा सेवी फनिन्द्रराज अधिकारी, स्वास्थ्य सेवी डा.अनिशा जोशी र रुपा कर्माचार्य (प्रधान) सम्मानित हुनुभएको थियो । प्रतिष्ठानको २८ औं साधारण सभामा तीन जना सम्मानित हुनुभएको छ । शिक्षा सेवी फनिन्द्रराज अधिकारीलाई विमल शिकु श्रेष्ठ समृति पुरस्कार, डा. अनिशा जोशीलाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए बापत, त्यस्तै गरी स्वास्थकर्मी सेवा पुरस्कारबाट रुपा (कर्माचार्य) प्रधानलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी रामेश्वर मकै श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन टिकाभक्त भोछिभयाले गर्नुभएको थियो ।
