IMG-LOGO

आभाष साकोसको छोरीप्रतिको सम्मानमा निरन्तरता

 मंगल, बैशाख ५, २०८०  ---

 

      बनेपा , उद्योगी व्यवसायी, बनेपाका युवा वर्गको सकृयतामा संचालित आभाष बचत तथा ऋण सहकारी संस्था.लि बनेपाले विगत ६ वर्षदेखि छोरीप्रतिको सम्मानलाई  निरन्तरता दिंदै कार्य गर्दै आएको छ । हरेक वर्ष नयाँ वर्षको दिन शिरमेमोरियल अस्पतालमा जन्मेकी पहिलो छोरीलाई १० हजार प्रदान गर्ने अभियान स्वरुप यस वर्षको छोरी अभियानमा पनौती निवासी जयराम सापकोटा र तारा भुर्तेल सापकोटाको छोरी नवजात शिशुलाई संस्थाका अध्यक्ष दिनेश राज कायस्थले १० हजारको चेक परिवारलाई हस्तान्तरण गर्नुभयो । संस्थाका प्रमुख व्यवसथापक सुवास वैधका अनुसार आभाष साकोसले संस्थको स्थापना दिवसमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राछात्रलाई छात्रवृति प्रदान, आँखा शिविर, जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्