जनागाल । नयाँ वर्ष २०८० को अवसरमा सयत्रपत्री प्रतिष्ठान नेपालले शुभकामना आदन प्रदान तथा कविता वाचन कार्यक्रम शनिबार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्याक्रममा वरिष्ठ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार मोहन दुवालले कार्यक्रमको उद्घाटन गर्नुहुदै नयाँ वर्षमा नयाँ सकरात्मक कार्य गर्ने संकल्प गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । सयपत्रीको साहित्यिक कार्यक्रमलाई नेपालको साहित्य क्षेत्रले अभिरुचीका साथ हेरेकोले आगामी दिनमा अझै परिष्कृत रुपमा कार्यक्रम संचालन गर्न सल्लाह दिनु भएको थियो । प्रतिष्ठानका सल्हाकरद्वय यादव थापा र त्रिरत्न रंजितले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा, मोहन दुवाल, यादव थापा, विश्व सिग्देल, माधव काभ्रेली, सिताराम सागर, हरिप्रसाद चौलागाई, नवराज दाहाल ‘उत्साही‘, सिद्धिबहहादुर कर्माचार्य, कृष्णकुमार वैद्य, सोमकाजी शाक्य, रविन विष्ट, रामसुन्दर विष्ट, नवराज केसी, इन्द्रप्रसाद घिमिरे र राजेन्द्र श्रेष्ठले विभिन्न कविता, मुक्तक, गजल वाचन गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपानेले धन्यवाद, सचिव रामसुन्दर देउजाले स्वागत र सदस्य इन्द्रप्रसाद घिमिरेले संचालन गरेको उक्त कार्यक्रममा सहभागिहरुले नयाँ वर्षको शुभकामना आदन प्रदान गरेका थिए ।
