IMG-LOGO

प्रकाश सपुतको गीतले बजार तातेको छ

 मंगल, बैशाख ५, २०८०  ---

सकम्बरी गीत जाग्यो रहर .... टिकटक फेसबुकभरि आगो जस्तै फैलिएको छ । शब्द भन्दा पनि संगीत अति मिठो छ । उनका हरेक गीत चर्चित छन् । पहिला पिर गीत माओवादीका लागि झिर भएको थियो । यो सकम्बारी गीत पनि चल्नु स्पस्ट छ, कसरी कलिला बालिकालाई यौन शोषण गरिन्छ जसमा नजिकका मान्छे नै पर्छन ( दाई देखि काम गर्ने होटल मालिक )

      नारीहरु घरभित्रको जिम्मेवारीले कलिलो उमेरमै काम र दामको खोजीको लागि निस्कनुपर्छ ्र रोजगारको लागि सहज ठाउँ होटल, दोहोरी नै हुन्छन् निम्न बर्गिय र पढाई नभएका युवतीको लागि होटल ’ दोहोरी डान्स बारमा सजिलै जागीर मिल्छ ।

– दोहोरी र डान्सबार मै पनि समयसमयमा एचआइभी टेस्ट गराउने कुरा बाहिरिन्छन् जस्को मत्लब यहाँ हुने कार्यलाई स्पस्ट पार्छ, दोहोरी र डान्सबार संचालक बिरोधमा उफ्रनुको अर्थ छैन ।

– महिलालाई प्रश्न वा दोश भन्दा पनि समाज आँफैले यो दलदलमा फसाउँछ र उल्टै प्रश्न गर्छ भन्ने शिक्षा दिन खोजेको बुझने भाषामा गीत छ ्र यस्ता समाजको जग हल्लाउने गीत संगीत (जुन समाजकै बिम्ब हुन) बजारमा आउँदा यतिको हलचल हुनु सामान्य हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्