नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट जिल्ला नगर उपाध्यक्षमा शुरकृष्ण वैध निवार्चित हुनुभएको छ । त्यस्तै गरी केन्द्रिय सदस्यमा धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मञ्जु कुमार कोजु निर्वाचित हुनुभएको छ । यसअघि वैद्य दुईपटक उद्योग वाणिज्य माहासंघमा केन्द्रिय सदस्य भइ सक्नुभएको थियो । यातायात क्षेत्रमा परिचित हुनुका साथै समाजिक क्षेत्रको विकासमा फरक पहिचान बनाउन वैद्य सफल हुनु भएको छ । त्यस्तै गरी कोजु पनि यातायात व्यवसायी र सामाजिक अभियानमा लाग्नुभएको व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
