पुरानागाउँ ÷ नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँले ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ । उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको वडाअध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए ।
नगर उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कार्यपालिका सदस्य बुद्धकुमारी लामा, वडा सदस्य सन्तोष पाठक, कुमार सिं लामा, गीता विश्वकर्मा लगायतको उपस्थितीमा हाते ट्रयाकटर वितरण गरिएको हो ।
नगर उपप्रमुख लामाले नगरले कृषकको हितमा थुप्रै कार्यक्रम र योजना ल्याएको बताउँदै वास्तविक कृषकलाई लाभ लिन अनुरोध गरे । प्रमुख प्रशासकीय अधिकृत लम्सालले अनुदानको सदुपयोग गरेर कृषि उत्पादन र आम्दानी बढाउन अनुरोध गरे । कृषि क्षेत्रमा कम लगानीमा धेरै प्रतिफल दिनको लागि नमोबुद्ध नगरपालिकाले आधुनिक कृषि औजारहरु वितरण गरिरहेको छ ।
मानव बेच्ने फरार प्रतिवादी तामाङ प्रक्राउ
तेमाल गाँउ पालिका वडानं ३सरम थलिका ५९ वर्षीय प्रेम(ओम)बहादुर तामाङ मानव बेच बिखन गर्ने मुद्दामा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल प्रहरी टोलीले चैत २६ गते प्रक्राउ गरेको हो। २६वर्ष अघि आफनै बहिनी नाता पर्ने महिला लाई भारतको दिल्लीको वेश्यालयमा बिक्री गरेको भनी पीडितले २०७८ भाद्र २१गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् । फरार प्रतिवादी तामाङलाई प्रहरी टोलीले चैत२६ गते काठमाण्डौ महानगरपालिका वडा नं १५ बाट प्रक्राउ गरेको कुरा प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले काभ्रे टाइम्सलाई बताउनु भयो । तामाङलाई मानव वेचविखन तथा वसार पसार मुद्दामा ७ दिन म्याद थप गरी जिल्ला अदालत काभ्रेमा मुद्धा अनुसन्धानका लागि प्रक्रिय अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेल ले जनाएको छ ।
