कोरोना भाइरसका कारण काभ्रे जिल्लामा सोमबार १७ जना संक्रमित थपिएका छन् । जसअन्तर्गत बनेपा न.पा.बाट ४ जना, धुलिखेल न.पा. बाट ८ जना, पनौती न.पा.बाट २ जना, मण्डनदेउपुर न.पा.बाट २ जना, चौरिदेउराली गा.पा. बाट १ जना थपिएका हुन् भने सोमबर नै १७ जना संक्रमित निकोभई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । यसैविच पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
