IMG-LOGO

अर्किट इन्टरनेश्नलको अभिभावक दिवस

 मंगल, चैत २८, २०७९  ---

      बनेपा, शैक्षिक गुणस्तरीता प्रदान गर्ने उद्देश्यका साथ स्थापीत अर्किट इन्टरनेश्नल एकेडेमी बनेपाको १३ औं दीक्षान्त समारोह तथा अभिभावक दिवस बनेपा पार्टी भेन्यूमा शनिबार विद्यालयका अध्यक्ष पुकार कर्णजीतको सभापतित्वमा सम्पन्न भयो । विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतिले शैक्षिक स्तरवृद्धि र बालबालिकाको शिक्षण शिकाइ प्रभावकारीताको बारेमा बोल्नु भएको थियो । बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख अतिथ्यता र बनेपा वडा नं. ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर विसीस्ट अतिथि हुनुहुन्थ्यो । कक्षा ६ सम्म अध्यापन गर्ने अवसर प्राप्त गर्ने बालमैत्री शिक्षण सिकाई हुने उक्त विद्यालयमा १ सय ६० विद्यार्थीहरु अध्ययनरत छन् । समारोहमा १९ जना बालबालिका दिक्षीत भएको कुरा विद्यालयका पूर्व अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम सहित प्रतिभा प्रस्तुत गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्