IMG-LOGO

किड्स क्यास्टल बेलर इन्टरनेश्नलको दिक्षान्त समारोह

 मंगल, चैत २८, २०७९  ---

      बाल मैत्री सिकाई प्रभावकारी बनाई बाल बालिकाको चौतर्फि विकास गर्ने उद्देश्यका साथ स्थापना गरिएको किड्स क्यास्टल बेलर इन्टरनेश्नलको दीक्षान्त समारोह शनिबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोला थापाको सभापतित्व तथा बनेपा नगरपालिकाको प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विद्यालयको प्रिन्सिपल इन्दु थापाले स्वागत गर्नुभएको थियो । किड्स क्यास्टल बेलर इन्टरनेश्नल मन्टेश्वरीकी प्रिन्सिपल सबिना प्रजापतिले शैक्षिक स्तरीयताको बारेमा प्रस्ट पार्नु भएको थियो । किन्डर गाट्रेनका ३५ जना बालबालिका दिक्षीत भएका छन् । समारोहमा बनेपा वडा नं. ९ का अध्यक्ष नृपेश बादे, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना र अभिभावक र किड्स क्यास्टलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बालबालिकाहरुले सांस्कृतिक भेष भुसा सहित गायन तथा नृत्य प्रस्तुतीबाट आप्mना अभिभावकहरु बालबालिकाको बोल्ने कला र अभिनयबाट मख्ख भएको दृस्य देख्न सकिन्थ्यो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्