नाइटिङ्गेल एकेडेमी बनेपा जनगालको ८ औं दीक्षान्त समारोह तथा २०७८ सालको एसईई उत्तीर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम बुधबार सम्पन्न भयो । शिक्षा सेवी एवं सिद्दार्थ एकेडेमी बनेपका संस्थापक प्रिन्सिपल ज्ञानबहादुर न्यौपाने केसीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले शैक्षिक स्तरीयताको बारेमा बोल्नुभएको थियो । प्रमुख अतिथी शिक्षा सेवी ज्ञानबहादुर न्यौपाने केसीले संस्थागत विद्यालयले देशकै शैक्षिक गुणस्तर कायम राख्न उल्लखेनीय भूमिका खेलेको बताउनुभयो । नाइटिङ्गेल एकेडेमीमा कक्षा एसकेजीमा अध्यनरत ५५ जना बालबालिकालाई दिक्षीत गएिको थियो ।
प्याबसन काभे्रका अध्यक्ष श्याम भुजेल, बनेपा वडा नं १० अध्यक्ष चन्द्रबहादुर खड्का, शिक्षा सेवी डा. श्याम भट्टराइ, सिद्दार्थ एकेडेमीका प्रिन्सिपल गुञ्ज प्रसाद लुइँटेल, लगाएतको आतिथित्यतामा रहेको थियो ।विद्यार्थीरुको साँस्कृतिक भेषभुसा सहितको सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष रत्नकुश रञ्जीतको सभापतित्वमा सम्पन्न भएको थियो ।
