जिल्ला सहकारी संघ लि., काभ्रेद्धारा राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमको आयोजना सहित सम्पन्न
६६ औं राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा कोअपरेटिभ मेनेजर्सल क्लव काभ्रेको व्यवस्थापनमा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । संघले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुका कर्मचारीहरुका बीचमा खुल्ला रुपमा आह्वान गरी हाजिरी जवाफ प्रतियोगिता आयोजना, रक्तदान कार्यक्रम, रोवर्ट ओवेनको फोटोमा माल्यार्पण, नेपालको राष्ट्रिय झण्डा तथा अन्र्तराष्ट्रिय सहकारी महासंघ लि. को झण्डा फेरी पूजा गर्ने लगायतका कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।
हाजिरी जवाफ प्रतियोगिताका लागि १७ वटा टिमको सामूदायिक साकोस, बुडोल सामूदायिक साकोस, एकसप्रेस साकोस, संकल्प स्वेक साकोस, आय आर्जन साकोस, जागुत कुशादेवी साकोस, विन्दवासिनी साकोस, नवदुर्गा साकोस, आर्थिक विकास मित्र साकोस, लक्ष्मि महिला साकोस, आइडियल साकोस, ज्योती बहुउद्देश्यीय, बेथानचोक नारी चेतना साकोस, चण्डेस्वरी साकोस र आयोम गरी १७ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । समूह छनौट चरण अन्तर्गत १९ गते जिल्ला सहकारी संघ लि. को नयाँ भवनमा कायृक्रम सुरु गरिएको थियो भने २० गतेका लागि ६ वटा समुह छनौट भएका थिए । ६ वटा समूहमा प्रथम हुन सफल भएको नवदुर्गा साकोस पनौती, द्धितीय हुन सफल आर्थिक विकास मित्र पाँचखाल र तृतीय हुन सफल आयआर्जन साकोस पाँचखाल सहित सान्त्वनाको रुपमा विन्दवासिनी साकोस छनौट भएको छ । छनौटमा रहेका सबै बिजेताहरुलाई प्रथम पुरस्कार ३०,०००, द्धितिय रु.२०,०००÷– तृतीय रु.१०,०००÷– र सान्त्वना रु.५,०००÷– सहित प्रमाणपत्र प्रदान गरेको थियो । संघले २० गते विहान रोवर्ट ओवेनको फोटोमा माल्यार्पण सहित झण्डा पूजा गरेको थियो भने रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको शभापतित्वमा सुरुवात गरी समापन भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भूजेल, सामूदायिक साकोसका अध्यक्ष प्रकाश बन्जरा, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत र हाजिरी जवाफ प्रतियोगिताका लागि निर्माण भएको निष्पक्ष प्राविधिक टोली संयोजक विवेकराज ठकुरी सहितको उपस्थितीमा सम्पन्न भएको हो । प्रथम पुरस्कार र द्धितिय पुरस्कार क्रमश भूम्लु गाउँपालिका र सामूदायिक साकोस पनौतीले सौजन्य गर्नुभएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. यस बर्ष राष्ट्रिय सहकारी महासंघ लि.द्धारा घोषणा भएको ७७ जिल्लामा सर्वोतकृष्ट जिल्ला संघको रुपमा पहिलो भएकोमा केक काटी खुसी साट्ने कार्यक्रम समेत जिल्ला सहकारी संघ लि.ले गरेको थियो ।
