IMG-LOGO

मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव

 मंगल, चैत २८, २०७९  ---

 

      पनौती नगरपालिका वडा नम्बर ५ सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव २०७९ चैत्र ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा आयोजना हुने भएको  छ । प्रथम व्रह्मोत्सवको तयारीका बारेमा व्यवस्थापन समिति तथा व्रह्मोत्सव समितिका प्रचार प्रसार समितिका संयोजक भोला थापाले चैत्र ३० गते विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिने र नयाँ वर्षका दिन वैशाख १ गते द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिने जानकारी दिनुभयो । मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइनेछ । वैशाख २ गते नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिनेछ । २०७८ असोज २५ गते देखि मुक्तिनाथ मन्दिरमा पूजा सुरु गरिएको भए पनि २०७९ वैशाख ८, ९ र १० गते प्राण प्रतिष्ठा गरिएको थियो । सोही तिथीलाई वार्षिक दिनको अवसर पारी यो वर्ष चैत्र ३० गते देखि वैशाख २ गतेसम्म प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक राजेन्द्र थापाले बताउनुभयो । १ सय ५१ सदस्य रहेको मूल व्यवस्थापन समितिले धार्मिक अनुष्ठान सम्पन्न गर्न विभिन्न उप समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापा, मूल समारोह समितिका संयोजक राजेन्द्र थापा, प्रचार प्रसार समितिका संयोजक भोला थापा, राघव सिं थापा तथा समितिका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्