IMG-LOGO

नमोबुद्धमा व्यवसाय दर्ता र नविकरण अभियान

 मंगल, चैत २८, २०७९  ---

 

      नमोबुद्ध ÷ नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ । प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।

      उनका अनुसार, विना दर्ता व्यवसाय सञ्चालन गरिएको पाइए प्रचलित कानून अनुसार कार्वाही गरिनेछ ।  नगरपालिकाले व्यवसाय दर्ता गर्नको लागि सचेतना समेत सञ्चालन गरेको छ । आइतबार नगर उपप्रमुख रत्नबहादुर लामा, नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारीसहितको टोलीले भकुण्डे क्षेत्रमा नगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

      टोलीले दर्ता नभएका व्यवासय दर्ताका साथै म्याद गुज्रेकाहरुको नविकरण तथा जरिवाना समेत गरेको थियो । ११ वटै वडामा पुगेर व्यवसाय दर्ता र नविकरणको लागि अनुरोध गर्ने र अटेर गरे नियम अनुसार कार्वाही गर्ने नगरपालिकाको तयारी छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्