IMG-LOGO

चण्डेश्वरी साकोसबाट महिला उद्यमी तालिम

 मंगल, चैत २८, २०७९  ---

 

      बनेपा, समुदायमा स्थिापित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था.लि बनेपाले संस्थामा आबद्द शेयर सदस्यहरुलाई उद्यमशिलता तालिम प्रदान गरेको छ । बनेपा र पनौती क्षत्रका १९ जना महिलाहरुलाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद  दहालले जानकारी दिनुभयो । बनेपा नगरपालिका वडा नं ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विकास बादे, सल्लाहकार इन्द्रनारायण भैल, संस्थाका लेखा सुपरीवेक्षण समितीका संयोजक राम प्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष नविन भक्त बादेले सहकारीमा आबद्द शेयर सदस्यलाई उद्यमी व्यवसायी बनाउने रोजगारीको श्रृजना गर्ने संस्थाको नीति अनुसार कार्य गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी शुभलक्ष्मी मानन्धरले महिला शसक्तिकरण युवालाई रोजगारीको श्रृजना गर्न उद्यमशीलताको विकासमा सहयोग पर्याउनु पर्ने हो तर  त्यसो हुन सकरिहेको छैन, तर चण्डेश्वरी साकोसले महिला उद्यमी बनाउन लागी परेकोमा धन्यवाद दिँदै बनेपा वडा नं ८ ले उद्यमी व्यवसायीककले उत्पादन गरेका वस्तुहरु बजारीकरण गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका पूर्व उपाध्यक्ष एवं काभे्रटाइम्सका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने, संस्थका सचिव बुद्दरत्न मानन्धर कोषअध्यक्ष गणेश रञ्जित, प्रशिक्षक रिता कर्माचार्य लगाएतको आतित्थ्यता रहेको थियो । चण्डेश्वरी साकोस ले उद्यम गर्ने परियोजना सहित आउने शेयर सदस्यहरुलाई सामूहिक जमानीमा २ लाख सम्म ऋण प्रदान गर्र्दै आएको प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहालले बताउनुभयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्