IMG-LOGO

नमोबुद्ध नगरपालिकाको ७ औँ स्थापना दिवस सम्पन्न –

 मंगल, मंसिर २३, २०७७  ---

    नमोबुद्ध नगरपालिकाले ७ औँ स्थापना दिवस मनाएको छ । स्थानीय सरकारले निर्वाचना भएको ३ वर्षमा नगरपालिकाले भए गरेको विकास निर्माणका कार्यहरुको वृस्तृत विवरण सहितको पुस्तक एक कार्यक्रम बिच मंगलबार सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य, काभ्रेका इञ्चार्ज संघीय सांसद पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ्गले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा बोल्दै पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भारतीय नकाबन्दी, भूकम्प र कोरोना भाइरस (कोभिड–१९) महामारी प्रकोपको संकटको चुनौतीलाई सामना गर्दै नेकपाले निर्वाचनमा घोषणा गरेको घोषणा पत्र अनुसार जनताहरुको विकासप्रतिको तिव्रचाहनालाई पुरा गर्न नसके पनि जनताका आवश्यकताका आधारमा दैनिक ६ किलो मिटर मोटर बाटो निर्माण, भूकम्पले विनाश गरेका सामुदायिक विद्यालयका भवन, सरकारी कार्यालयका भवनहरु, पुलिस प्रशासनका भवनहरु निर्माण सम्पन्नता हुँदै गएको मन्त्री बाँस्कोटाले बताउनुभयो । कानुनी राज्य विधिको शासन, विकास र समृद्धि तर्फ देशलाई अघि बढाउने दृढ अटोटको साथ सरकारले कार्य गरेको उहाँको तर्क थियो । स्थानीय सरकारहरुले जनताका जनजीवीका, उत्पादन, उद्यमसिलताको विकास, भू–उपयोग नीति कृषि क्षेत्रको आधुनिक विकास गरी जनताहरुलाई धनि बनाउन लाग्नु पर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । नेकपा भित्र केन्द्रीय राजनीतिमा नै भाले भिडन्त नगर्न जनताले दिएको ४४ लाख जनमतको कदर र कार्यकर्ताको मन दुखाएर पार्टी विघटनमा नलाग्न नेतृत्व चलाउन नसके युवालाई हस्तानतरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संघीय सांसद गंगाबाहादुर दोङ, बमध्वज पूर्व उद्योग मन्त्री संविधान सभा सदस्य रामहरी सुवेदी, वागमती प्रदेश सांसदहरु रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्ते, जिल्ला समन्व समिति काभ्रेका अध्यक्ष उद्धव केसी,प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाली कांग्रेस काभ्रेका प्रतिनिधी गणबज्र लामा, नेकपा काभ्रेका नेता राजन भुर्तेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगाएतले शुभकामन व्यक्त गर्नु भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले समग्र नगरको विकासको बस्तु स्थितिको बारेमा प्रकाश पार्नु भएको थियो । नगर प्रमुख टि.पी. शर्मा तिमल्सिनाले धार्मीक सांस्कृतिक पहिचान बोकेको नमोबुद्ध नगरपालिका पर्यटन क्षेत्रको विकास गरी विश्वलाई  नै चिनाउन लागि पर्ने बताउँदै जनताका विकास प्रतिको चासो चिन्तालाई सम्मान गर्दै सय दिनमा सय काम एक वर्षमा ३ सय ३५ वटा योजनाबद्ध ढङबाट पुरा गरी कार्य गरेको बताउनु भयो । 
स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भएगरेका कामहरु समेटिएको पुस्तक जनप्रतिनिधिका तीन बर्षसमेत बिमोचन गरिएको छ । कार्यक्रममा सञ्चारकर्मी शिव अधिकारी, समाजसवी एवं व्यवासायीकसमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाईविशेष सम्मान गरिएको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईलाई नगरको समृद्धि र प्रशासनिक  कार्य एवं सुशाासनमा योगदान दिएवापत विशेष सम्मान गरियो भने उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्टवडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको छ । 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्