जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेले आप्mनो २५ औं स्थापना दिवसको अवसरमा प्रारम्भीक सहकारीहरुका महिला सञ्चालकहरुको प्राविधिक क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भयो । संघका कार्यबहाक अध्यक्ष सागरनाथ कपालीले उद्घाटन गर्नु भएको कार्यक्रममा सचिव शुरेन्द्र पौडेल, लेखा समिति सदस्य दिपेन्द्र श्रेष्ठ महिला उप–समिति सदस्य कुमुदा बैद्य, प्रतिभा तुलाधरको आतिथ्यता रहेको थियो । ४० जना सहभागी महिला सञ्चालकहरुलाई प्रशिक्षक सितल थपोलियाले प्रशिक्षण दिनुभएको थियो । जिल्ला बचत संघकी संचालक एवं कार्यक्रम संयोजक सत्यवती भट्राइले संयोजन गर्नु भएको कार्यक्रममा सहजीकरण उप–प्रबन्धक रबि केसीले गर्नुभएको थियो ।
