पंतजली योग समिति काभ्रेको १९ औँ वार्षिक उत्सवको उपलक्ष्यमा विविध कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ । सो को पहिलो दिन २४ गते शुक्रबार बनेपा नगर प्रभातफेरी गरी सम्पूर्ण नगर वासीहलाई दैनिक साधना गरी स्वस्थ जीवन जीउन आह्वान सहित लायकुराज मञ्चबाट प्रारम्भ गरी सोही स्थानमा समापन गरियो ।
उक्त प्रभातफेरीको प्रारम्भ पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले गर्नु भएको र उक्त प्रभातफेरीमा सहभागीहरुलाई संयोजक श्याम श्रेष्ठबाट स्वागत मन्तव्य गरिएको कार्यक्रममा बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पंतजली योग समिति काभ्रे अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ लगायत जिल्लाभरका विभिन्न योग सेन्टरबाट समेत गरी ४०० जना भन्दा बढी योग साधक–साधिकाको उपस्थिती रहेको थियो ।
यस्तै २५ गते शनिबारबाट ५ दिने निशुल्क योग शिविरको बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले द्धिप प्रज्वलित गरी समूद्घाटन गर्नुभयो । उक्त निशुल्क योग शिविरमा पंतजली योग समिति नेपालका केन्द्रिय अध्यक्ष लवदेव मिश्रबाट उत्कृष्ट किसिमबाट योग कक्षा संचालन गरिएको थियो । सोही कार्यक्रममा बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले बनेपा नगर र काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन सम्पूर्ण क्षेत्रबाट सहयोग पाईरहेको र आगामी दिनमा पनि आफूहरु सक्रिय रुपमा लागिरहने बताउनुभयो । पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको स्वागत भाषण महिला अध्यक्ष अनु श्रेष्ठ, धन्यवाद ज्ञापन यूवा अध्यक्ष रमेश श्रेष्ठबाट र उद्घोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो । निशुल्क योग शिविरको दोस्रो दिनको शिविर शुलभ बचत र तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम भैल र तेस्रो दिनको शिविर आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश कायष्ठले उद्घाटन गर्नुभएको थियो । साथै ५ दिन सम्म पंचकर्म आर्युवेद केन्द बनेपामा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिने र सम्पूर्ण कार्यक्रमहरुमा आभाष बचत तथा ऋण सहकारी संस्था लि., रोटरी क्लव अफ काभ्रे, शुलभ बचत तथा ऋण सहकारी संस्था र भोमी बचत तथा ऋण सहकारी संस्था लि. को प्रायोजन रहने जनाएको छ ।
