IMG-LOGO

अखिल नेपाल किसान महासंघ काभे्रको छैठौं जिल्ला अधिवेशन

 मंगल, चैत २८, २०७९  ---

 

      अखिल नेपाल किसान महासंघ काभे्रको छैठौं जिल्ला अधिवेशन केन्द्रीय अध्यक्ष डा. पे्रम दङ्गालको प्रमुख आतिथ्यतामा भएको थियो । अतिथीको आशनबाट बोल्दै प्रमुख अतिथि ढङ्गालले मजदुर किसानहरुको उत्थानको लागि लडेको पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै कृषकहरुको र्आिथक समृद्दि पुरा हुन एमालेको सरकार हुनुपर्ने तर्क गर्नुभयो । खेतिबाली लगाउने बेलामा विउ विजन समयमा उपलब्ध नगराउने सरकार जनताहरुको अभिभावक हुन नसक्ने कुरा प्रमुख अतिथी दङ्गालले धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य रेशम लामा, बागमति प्रदेश उपाध्यक्ष रमिहरी सुवेदी, सदस्य कुमार तिमल्सिना, नेकपा एमाले काभे्र उपाध्यक्ष चन्द्र लामा लगाएतका नेताहरुको आतित्थ्यता रहेको थियो । अखिल नेपाल किसान महासंघ काभे्रका अध्यक्ष विदूर हुमगाइको सभापतत्वमा सम्पन्न भएको थियो । उक्त जिल्ला अधिवेशनले श्याम सुन्दर चौलागाइको नेतृत्वमा ६८ सदसीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष अष्ट लामा, सचिव मुकुण्द लामिछाने, कोषाध्यक्ष जंगवहादुर महत र सह–सचिवमा गिता तामाङ लगाएत ६८ सदस्य समितिमा निर्वाचित गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्