IMG-LOGO

समुन्नत पाठशालाको तेस्रो दीक्षान्त

 बुध, चैत २९, २०७९  ---

      बालमैत्री शिक्षा प्रदान गर्ने मुल उद्देश्य बोकेर स्थापित भएको समुन्नत पाठशाला धुलिखेल–४, बखुण्डोलको ५ औं वार्षिकोत्सव तथा तेश्रो दिक्षान्त समारोह विद्यालयका अध्यक्ष देवकृष्ण श्रेष्ठको सभापतित्वमा अरनिको पार्टी प्यालेसमा बनेपामा शनिबार सम्पन्न भयो । धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जुले प्रमुख अतिथिको आशनबाट बोल्दै विद्यालयले बालबालिकाको शिक्षण सिकाइ प्रभावकारीताममा ध्यान केन्द्रीत गरी अध्यापन गराउनु भएकोमा विद्यालय व्यवस्थापन समिति र शिक्षक वर्गहरुलाई धन्यवाद दिदै धुलिखेल नगरपालिकाले शैैक्षिक क्षेत्रको विकासमा स्थानीय सरकारले पु¥याउनु पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने धारणा राख्नु भयो । शिक्षा सेवी डा. हेमराज काप्mले, धुलिखेल वडा नं. ४ अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, प्याबसन धुलिखेलका अध्यक्ष मुक्तिनाथ रिजाल नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व उपाध्यक्ष रमेशप्रसाद न्यौपाने अभिभावक देवकी तिमल्सिना, ठाकुर पारजुली लागएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । विद्यालयकी प्रिन्सिपल अनिता आचार्यले शैक्षिक अवस्थाको जानकारी गराउँदै स्वागत मन्तब्य राख्नु भयो । उक्त विद्यालयमा १ सय ३८ जना बालबालिका अध्यनरत छन् भने २० जना विद्यार्थी उक्त समारोहमा दिक्षित भएका छन् । कार्यक्रमको सञ्चालन मनुका अधिकारीले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्