काठमाडौं÷काभ्रे सेवा समाज स्थापनाको ११ औं वर्षमा प्रवेश गरेको छ । काभ्रेका लागि केही गरौ भन्ने उद्देश्यले गैरराजनीतिक, गैरनाफामूलक, सेवादायी संस्थाका रुपमा २०६९ २६ गते समाजको स्थापना भएको हो । लोक सेवा आयोगका पुर्व अध्यक्ष एवं समाजको सल्लाहकार समिति संयोजक उमेशप्रसाद मैनालीले केक काटेर ११ औं वर्ष प्रवेशको शुभारम्भ गरेका थिए । सो अवसरमा मैनालीले समाजलाई सेवा निवृत्त कर्मचारीहरुकै मात्र संस्था भन्ने भावना आउन नदिनका लागि काभ्रेका धेरै युवा पुस्तालाई समेटेर संस्था चलाउन आग्रह गरे ।
समाजका अध्यक्ष नारायण महत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मधुसुधन गुरागाईंले आजीवन सदस्यको संख्या २ सय २२ रहेको र जिल्लाका ११ वटा तहहरुमा सदस्य रहेकोमा महाभारत र खानीखोला गाउँपालिकामा सदस्यता विस्तारका लागि आवश्यक समन्वय गरिने उल्लेख गरे । कार्यक्रममा रेयुकाई एइको मासुनागा आँखा अस्पतालका अध्यक्ष एवं समाजका आजीवन सदस्य मधुप्रसाद आचार्यले काभ्रेपलाञ्चोक जिल्लालाई माया गरेर समाजले विगतदेखि नै विभिन्न क्रियाकलापहरु गर्दै आएकोमा प्रशंसा गर्नुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले कोभिड–१९ महामारीका बेला समाजले पत्रकारहरुका निम्ति स्थापना गरेको कोषमा रकम सहयोग गरेर कहिल्यै भुल्न नसकिने गुण लगाएको बताए । संस्थाका सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिवद्वय जनार्दन नेपाल र यज्ञप्रसाद गौतमले आगामी दिनमा संस्थाले गर्नुपर्ने कामहरुको बारेमा चर्चा गरेका थिए ।
सोही अवसरमा संस्थाको दशौं वार्षिक साधारण सभा र कार्यसमितिको समेत निर्वाचन गरिएको थियो । सो निर्वाचनले आगामी २ वर्षका लागि संस्थापक अध्यक्ष प्रल्हाद केसीलाई पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । पूर्व अध्यक्ष केशव थापा, वरिष्ठ अधिवक्ता गंगासागर खत्रीसहितको निर्वाचन समितिले पुरै कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । जस अनुसार वरिष्ठ उपाध्यक्ष पूर्ण सिंह खड्का, उपाध्यक्ष लभराज जोशी, महासचिव राघवसिंह थापा, सचिव सफला खड्का, कोषाध्यक्ष दिना श्रेष्ठ पदाधिकारीमा चयन भएका छन् । यस्तै सदस्यहरुमा उद्धवबहादुर थापा, मनोजकुमार न्यौपाने, भिमसेन बन्जारा, ओमकृष्ण श्रेष्ठ, नवराज थापा क्षेत्री, हिम्मतबहादुर बिष्ट, धनरानी केसी, पोषकलाल श्रेष्ठ, उर्मिला कोइराला, रेश्मा बुद्धाचार्य र सच्चुतराज उप्रेती निर्विरोध निर्वाचित भएका हुन् ।
