काठमाडौँ महानगरपालिका वडा नं. ३१ बानेश्वर मिलचोक बस्ने ४५ वर्षीय पूर्णमाया लामा मास्केलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेको पहरी टोलिले चैत्र २५ गते प्रक्राउ गरेको छ । उच्च अदालात पाटन ललितपुरले २०७६ मंसिर २३ गते बैंकिङ कसुरमा कैद र जरीवाना गरेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । जिप्रका धुलिखेल प्रहरी अधिकृतको टोलिले कामनपा ३१ नयाँवानेश्वर मिलन चोकबाट प्रक्राउ गरी जिल्ला अदालत काभ्रेमा भाइतबार पेस गरेको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले ३२ लाख ४५ हजार बैंकिङ कसुर गरेको ठहर गरी फैसला गरेको थियो ।
