गाउँदै नाच्दै र खेल्दै व्यवहारीक र संस्कार सहितको बालमैत्री शिक्षालाई अंगिकार गरि स्थापना भएको किडजोन मन्टेश्वरी स्कुल धुलिखेल–४ को अभिभावक दिवस तथा दीक्षान्त समारोह शनिबार सनराइज होटल धुलिखेलमा सम्पन्न भयो । न्यू किडस होमकी निर्देशक एवं मन्टेश्वरी प्रशिक्षक मेनुका घिमिरेको प्रमुख आतिथ्यता र विद्यालयका अध्यक्ष इस्वर केसीको सभापतित्वमा सम्पन्न भयो । विद्यालयको प्रिन्सिपल रिता केसीले शैक्षिक स्तरीयताका सवाल सहित स्वागत मन्तव्य दिनु भएको थियो । सञ्जीवानी कलेज धुलिखेलका सहायक क्याम्पस प्रमुख पुजन श्रेष्ठ, धुलिखेल वडा नं. ४ का वडा सदस्य कुमार थापामगर, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौापने लगाएतको अतिथ्यता रहेको थियो । बालबालिकाहरुले रमाइ रमाई गाउँदै, खेल्दै शिक्षण सिकाइमा अब्वलता प्राप्त गर्न सकेको कुरा विद्यालयका प्रबन्ध निर्देशक दिपक कार्कीले बताउनु भयो । २०७१ सालमा स्थापना भएको विद्यालयमा अहिले ६५ बालबालिका अध्ययनरत छन् ।
