नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं साधारण सभाको निर्वाचनबाट काभ्रे बनेपाका प्रतिष्ठित व्यावसायी सुरकृष्ण वैद्य हालै निर्वाचित भएका छ्न । बधाई र शुभकामना दिनेको हानथाप नै छ । यद्यपि यो उनको पहिलो सफलता भने होईन ।
व्यवसायका सुरुवाली दिनमा सवारी साधनको ब्यवसाय गरेका वैद्यको लगानीको क्षेत्र बढेर बैंक बित्तीय संस्था शैक्षिक क्षेत्र र जलस्रोत सम्म पुगेको छ । बनेपाका पुराना राजनीतिज्ञ आशाकाजी वैद्यका जेष्ठ पुत्र सुरकृष्ण पनि सधै नेतृत्वदायी गर्न मै अब्बल रहे । काभ्रे मिनिबस सेवा समितिमा लामो समय अध्यक्ष रहेका वैद्य यातायातको केन्द्रीय महासंघ मात्र होइन काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष हुदंै आफ्नो शेयर रहेको बनेपामा प्रतिष्ठा कमाइरहेकोे आभाष साकोसको संस्थापक अध्यक्ष रहेर अनुभव बटुलेका छन् । नेपाल परिवार नियोजन काभ्रे शाखा लगायत थुप्रै सामाजिक संघ संस्थामा अगुवाइ गरेका वैद्यले बनेपा नगरको सारथी कहिले बन्ने ? आम व्यापारी र व्यवसायीको चासो यही छ ।
