लैङ्कि समानता तथा सामाजिक समावेशिकरण परिक्षण नतिजा सम्बन्धि पत्रकार सम्मेलन बनेपा नगरपालिका हलमा सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लैङ्कि समानता तथा सामाजिक समावेशिकरण सुचक परिक्षण तथा कार्ययोजनाको सहजकर्ता नविन चन्द्र घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो । नगर उप प्रमुख विमला सापकोटा दाहाल , वडा अध्यक्षहरु, बरिष्ठ प्रशासकिय प्रमुख धु्रवराज नेपाल लगायत सरोकारवाला, पत्रकारहरु उपस्थित रहेको कार्यक्रममा दिइएको जानकारी अनुसार मानव संसाधन तथा क्षमता विकास २०७७/०७८ मा ६२.५ रहेकोमा २०७८/०७९ मा ५७.५ अंक रहेको छ । आ.व २०७७/०७८ मा स्ांस्थागत व्यवस्था ७० रहेकोमा आ.व २०७८/ ०७९ मा ७७.५ रह्यो भने सेवा प्रवाहा गत आ.व.मा ८७.५ रहेको छ । परिक्षीत सुचकका आधारमा रहेर कार्यमुलक कार्ययोजना तजर्ुमा गरिएको छ । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
