IMG-LOGO

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको पत्रकार सम्मेलन

 सोम, चैत २०, २०७९  ---

 

      जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले काभे्र जिल्लाका पत्रकारहरुसँग आयुर्वेद सम्बन्धी छलफल तथा अभिमुखकिरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । प्रमुख अतिथी बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य केन्द्रलाई मजबुद बनाउन आयुर्वेद स्वस्थ्य केन्द्रलाई सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । कार्यालय प्रमुख डा. वशवैवदम्बा कौण्डिन्यायनीले स्वस्थ्य हुन शरीर र मन स्वस्थ्य हुनुपर्ने भन्दै स्वस्थ्य आहारविहार शारिरीक व्यायम मार्फत स्वस्थ्य जिवनशैलिी अपनाउन आग्रह गर्नुभयो । सकारात्मक सोचका साथ अघि बढेमा निरोगी रहने र अस्वस्थ्य खानपानबाट टाढै रहनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष वद्रिराज तिमल्सिना लगायत सञ्चारकर्मीहरु कार्यक्रममा वरिष्ठ वैध रुमा कुमारि झा ले स्वागत मन्तव्य राख्नुभयो भने स्वास्थ्य केन्द्रले दिइरहेको सेवा सन्दर्भमा वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद पराजुलीले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्