पंतजली योग समिति काभ्रेको आयोजनामा स्वामी रामदेव महाराजले सन्यास ग्रहण गरेको दिनको अवसर पारेर रामनवमीको दिनमा बनेपा नगरको ७ नं. वडा स्थित गणेशस्थान मन्दिरको प्रांगणमा होम तथा यज्ञको आयोजना गरियो ।
पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेको मुखारविन्दुबाट शुभारम्भ भएको सो कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, पंतजली योग समिति काभ्रे अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, युवा प्रभारी रमेश श्रेष्ठ लगायतका पदाधिकारी योग साधक, साधिका र सर्वसाधारण गरी सयौँको संख्यामा सहभागी भएका थिए ।
