चिकित्सा शिक्षा अध्यन संस्थान केन्द्रीय जन स्वास्थ्य विभाग अन्तरगतका बिपिएच ३३ औं व्याचका विद्यार्थीहरुले बनेपा नगरपालिका भित्रका स्वास्थ्य संस्थाले नागरिकहरुलाई पुरर्याएको स्वास्थ्य सेवा प्रणालीको बारेमा २ महिने अध्यन प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच बनेपा नगर सभामा चिकित्सा शिक्षा अध्यन संस्थाका ३३ आंै व्याचमा अध्यन गरेका ६ जना विद्यार्थीहरुले नगरले नागरकिहरुलाई स्वास्थ्य सेवा प्रवाह गरेको प्रवन्धलाई तथ्याङ्कीय रुपमा अभिलेखिकरण गरेका हुन । नगर स्वास्थ्य प्रणाली अध्यन, आलोचनात्मक विश्लेशण, पञ्च वर्षीय योजना , मानवीय स्वास्थ्य अनुगमनको अवस्था लगाएतका कार्यहरु गरको जनाएको छ । उक्त छलफल कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा बरिष्ठ प्रशासकीय अधिकृत धु्रवराज नेपालको सभापतित्वमा भएको थियो ।
बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सम्भु महतो अतिथी हुनहुन्थ्यो । चिकत्सिा शिक्षा अध्यन संस्थान बिपिएच ३३ औं व्याचका विद्यार्थीहरु स्वस्तिका थपलीया, सुनिल कुमार शाह, राजकुमार शाह, रितेन्द्र बडु, विभुशा थापा र रक्क्षा अधिकारी लगाएतले बनेपा नगरपालिकाले नागरिकहरुलाई प्रदान गरेको स्वास्थ्य सेवा सम्बन्धमा २ महिना लगनिशल भइ प्रतिवेदन तयार गरेका हुन् ।
