IMG-LOGO

कक्षा १२ का विद्यार्थीहरुलाई ल्यावको अवलोकन भ्रमण

 मंगल, चैत २१, २०७९  ---

      काठमाडौं विश्व विद्यालयले विज्ञान संकाय अन्तर्गत १२ अध्यानरत विद्यार्थीहरुलाई विभिन्न ल्यावहरुको स्थलगत भ्रमण गराउने कार्यक्रम सोमबारबाट सुरुवात गरेको छ । पहिलो दिन वेलर इन्टरनेशनल एकेडेमीका १०० जना विद्यार्थीहरुले विश्वविद्यालयमा रहेको इलेक्ट्रिक ल्याव, रोवोटिक ल्याव,हाई भोल्टेज ल्याव, पावर सिस्टम ल्याव टर्वाइन ल्याव लगाएतको अवलोकन गरेका थिए । विश्वविद्यालयमा सामुदायिक सम्बन्ध विस्तार माहाशाखा प्रमुख किशोर खनालका अनुसार विज्ञान विषयमा अध्यनरत विद्यार्थीहरुको ज्ञान, सिपलाई निरन्तरता ल्याउन विज्ञान इन्जियिरिङको महत्व सम्बन्ध प्रष्ट बनाउने अभिप्रायले यो कार्यक्रम लागु गरिएको हो ।

      विशेसगरि दर्गम भेगका विद्यार्थीहरुलाई सैद्वान्तिक ज्ञानको अलावा प्रयोगात्मक जान दिइने लक्ष्य रहेको छ । हप्ताको एक वा दुई पटक गरि काभे्रका सबै विद्यालयका विद्यार्थीहरुलाई यो कार्यक्रममा समेटिने छ । वेलर इन्टरनेस्नल एकेडेमीको कक्षा १२ मा अध्यनरत मनिषा न्यौपानेले प्रयोगात्मक ज्ञान बढाउन मद्दत गरेकमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद  दिँदै इन्जिनियरीङ क्ष्ोत्रमा चासो बढेको देखाउनुभयो ।

      त्यस्तै उक्त विद्यालयका विद्यार्थी अभिषेक रेग्मीले नँया नँया कुरा सिक्न पाएको र आफ्नो सोचमा समेत परिवर्तन आएको बताउनुभयो । विद्यार्थीको हितको लागी सामाजिक उक्तरदायित्व अन्तरगत ल्यावको अवलोकन भ्रमण कार्यक्रम सुचारु गरिएको हो ।  

 

 

माइला कान्छा मानवीय सहयोग समुह र सुधीर बैधको समूहले गर्यो खाद्यान्न सहयोग

काभ्रेपलान्चोक - बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र नेपाल तरुण दल निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधको समुहले संयुक्त रुपमा आर्थिक अवस्था कम्जोर भएका बनेपा नगरपालिका वडा ५ मिजार बस्तीमा खाद्यान्न सहयोग गरेको छ । बनेपा नगरपालिका वडा नं. ५ निवासी व्यक्तिहरु लाई खाद्यान्न सहयोग गरिएको हो । बनेपा इन्द्र शोभा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाको विशेष पहलमा आर्थिक रुपामा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो । बेलायतबाट नेपालमा पटक पटक सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्बती गुरुङ, माया गुरुङ र सुधीर बैधको समुहले खाद्यान्न सहयोग गर्नु भएको थियो ।

      बेलायतबाट नेपालमा निरन्तर सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्बती गुरुङ, माया गुरुङ र सुधीर बैधको समुहले खाद्यान्न सहयोग गर्नु भएको थियो । उक्त सहयोग नेपाली कांग्रेस बनेपा ५ वडा सभापति देवराज केसि लगायत अन्य व्यक्तिहरु उपस्थितमा खाद्यान्न सहयोग प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रम पछि विशेष सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिन पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिनको लागि नगर सभापति विवेक बैजुले अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ निवासी एक अशक्त, मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधले पाँच हजार नगद समेत हस्तान्तरण गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्