IMG-LOGO

पंतजली योग समिति काभ्रेको विविध कार्यक्रम

 मंगल, चैत २१, २०७९  ---

 

      पंतजली योग समिति काभ्रेको १९ औँ वार्षिक उत्सबको उपलक्ष्यमा भकुण्डेवेशीमा १ दिने योग शिविर तथा पंचकर्म स्वास्थ्य शिविरको एक समारोहका बिच नमोबुद्ध नगरपालिका  प्रमुख कुन्साङ्ग लामा, वडा नं. ४का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामा, कर्पोरेट मेम्बर उद्धव प्रसाद तिमल्सिनाबाट संयुक्त रुपमा द्धिप प्रज्वलित गरी उद्घाटन गर्नुभयो । उक्त शिविरको प्रारम्भ पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले कक्षा संचालन गरी शुरु भएको कार्यक्रममा नगर प्रमुख कुन्साङ्ग लामाले समाजलाई सकारात्मक सन्देश दिन दैनिक योग अभ्यास गर्नु पर्ने र सोको लागि नगरपालिकाबाट हरतरहबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुको साथै दैनिक योग अभ्यासको लागि नगरपालिकाको भवनमानै कक्षा संचालन गर्नुहुन अनुरोध गर्नुभयो ।

      उक्त कार्यक्रममा आभाष बचतका अध्यक्ष दिनेश कायष्ठ, वडा नं. ४ का वडा अध्यक्ष अर्जुन बहादुर कार्की, वडा नं. ७ का वडा अध्यक्ष धर्म सिं लामा लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत भाषण कार्यक्रमका संयोजक माधव कुमार श्रेष्ठले गर्नुभएको सभापतित्व पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो भने उद्घोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नु भएको थियो ।

      उक्त योग शिविर तथा पंचकर्म आर्युबेदिक स्वास्थ्य शिविरको प्रायोजन आभाष बचत तथा ऋण सहकारी संस्था, रोटरी क्लव अफ काभ्रे, भोमी बचत तथा ऋण सहकारी संस्था, सुलभ बचत तथा ऋण सहकारी संस्था, नमोबुद्ध नगरपालिका, भकुण्डेबेशी जेसिज र जनक उच्च माध्यामिक विद्यालयबाट गरिएको थियो भने स्वास्थ्य शिविरमा आर्युवेदिक डक्टर अभिषेक ताम्राकारबाट १०८ जना भन्दा बढी व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

      भकुण्डेबेसीमा दैनिक रुपमा योग संचालन गर्न नगर प्रमुख कुन्साङ्गलामा संरक्षक, सल्लाहकारमा वडा नं. ४ का वडाअध्यक्ष अर्जुन बहादुर कार्की, वडा नं. ६ का वडा अध्यक्ष टिका के.सी., वडा नं. ७ का वडा अध्यक्ष धर्म सिं लामा र संयोजकमा हरिशरण आचार्य, सचिव केदार खनाल, सदस्यद्धयमा माधव खनाल र श्री कृष्ण अधिकारी रहनुभएको एउटा समिति समेत गठन भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्