IMG-LOGO

विद्याथर्ीहरुको इच्छा र सोच अनुसार पढाऔं ः प्राध्यापक कोजु

 मंगल, चैत २१, २०७९  ---

 

      बनेपा हिकारी किण्डर गार्टेन २३ आंै वार्षीेककोत्सव तथा ग्राजुएशन समारोह काठमाण्डौ युनिभरसिटी मेडिकल साइन्स धुलिखेल अस्पतालका डिन प्राध्यापक डाक्टर राजेन्द्र कोजुको प्रमुख आतिथ्यता र विद्यालयका अध्यक्ष मणिकुमार तुम्रोकको सभातित्वमा शनिबार पञ्चकन्या बैंक्वेटमा सम्पन्न भयो ।  समारोहका प्रमुख अतिथी प्राध्यापक डा. राजेन्द्र कोजुले अभिभावको इच्छा चाहाना अनुरुप नभई विद्यार्थी, बालबालिकाहरुको इच्छा सोच अनुसार अध्यापन गराउनुपर्ने धारण राख्नुभयो । राम्रा क्षण नै बालबालिकाको क्षण हुने हँदा सानो उमेर देखिनै विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारीता बनाउन बालमैत्री शिक्षा प्रदान गर्नु पर्ने, उक्त कार्य हिकारी किण्डर गार्र्टेनले गरेको बताउनुभयो । बालबालिकाहरुको शिक्षण सिकाइलाई थप उत्कृष्ट बनाउन शारिरीक व्यायम स्वास्थ्यको हेरचाहमा अभिभावक वर्गले ध्यान केन्द्रित गर्न सुझाव प्राध्यापक कोजुले दिनुभयो ।

विध्यालयका प्रिन्सिपल शर्मीला केसी सिंहले शैक्षिक प्रगति र भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । अभिभावक प्रमिला सिल्पकार र अशोक श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । १ सय ३० जना अध्यनरत विध्यार्थीहरुमा ३० जनाको ग्राजुएसन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभे्रका पुर्व उपाअध्यक्ष एवं काभे्रटाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने लागाएतको आतित्यथा रहेको कार्यक्रमको संंचालन शिक्षक रेक्सना तोजलेले गर्नुभएको थियो । विद्यालयका अध्यक्ष मणिकुमार तुम्रोकले बनेपा हिकारी किण्डर गार्टेनले बालमैत्री शिक्षालाई थप गुणस्तरीयता प्रदान गर्न प्रतिवद्द रहेको बताउनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्