IMG-LOGO

ज्ञानकुञ्जमा किन्डर गाट्रेनमा अध्यन गर्नेहरु दिक्षीत

 मंगल, चैत २१, २०७९  ---

 

      ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डरगार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५५जना विद्यार्थीहरु एक भब्य समारोहका बीच दिक्षित भएका छन् । प्रमुख आतिथी शैक्षिक प्रतिष्ठानका अध्यक्ष  सुरकृष्ण वैद्यले कार्यक्रमलाई सम्क्बोधन गर्दै शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भयो । साथै उहाँले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गर्नुभएको थियो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकास, सम्बन्ध निमाणर्, भावनात्मक व्यवहार, क्षमाताशीलता लगायत पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता गर्नुभयो । प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख नवराज चौलागाइ, सहायक प्रिन्सिपल रत्नराज खतिवडा, अभिभावक, शिक्षक/शिक्षिकाहरुको उपस्थिती रहेको कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्