IMG-LOGO

  बिन्धवासिनी साकोसको संयोजक भेला

 मंगल, चैत २१, २०७९  ---

 

      बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था .लि पनौती १० खोपासीको बनेपा सेवा कार्यलय अन्तरगतको समुह संयोजक भेला शनिबार बनेपाको आफ्नै भवनको सभाहलमा सम्पन्न भयो । संस्थाका कोषाअध्यक्ष भिमबहादुर केसीको प्रमुख आतिथ्यता तथा बनेपा सेवा कार्यलयका व्यवस्थापन समितीका संयोजक मोहन प्रसाद होमागाईको सभापतत्विमा सम्पन्न भयो । बनेपा वडा नं १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे बिशिष्ट अतिथी हुनुहुन्थ्यो । बनेपा सेवा कार्यलयको उपसमिति कोषाअध्यक्ष हिरामणी दुलालले स्वागत मन्तव्य दिनुभएकोे  कार्यक्रममा उपसमितिका सचिव नन्दलाल शर्मालाई सम्मान गरिएको थियो ।

      कार्यलय व्यवस्थापक रामचन्द्र थापाले बनेपा क्षेत्रको वित्तीय अवस्था प्रस्तुत गर्नुभएको थियो । विभागीय व्यवस्थापक मित्रप्रसाद दाहालले समग्र संस्थाका वित्तीय प्रगतिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०७९ फागुन मसान्त सम्ममा संस्थाको शेयर पूंजी ४७ करोड १८ लाख ५३ हजार रहेको छ । ३० करोड ९१ लाख ३४ हजार ४ सय ६१ साधारण जगेडा कोष छ ।  त्यस्तै गरी विभिन्न कोषहरु १७ करोड ८० लाख १३ हजार ४ सय ८७ छ । ३१ करोड ५७ लाख ८५ हजार ८ सय ६२ कुल संचालन पूंजी रहेको जनाएको छ । ३ अर्ब २ करोड ६०लाख ४ हजार १ सय ५३ ऋण लगानी छ भने कुल सम्पती ४ अर्ब ४२ करोड ५ लाख ६५ हजार ४२ रहेको छ । ५८ करोड २ लाख ८० हजार ८ सय ८३ तरलता जुन प्रतिशतमा १९ दशमलव २१ प्रतिशतले हो । ४८ हजार ६ सय ७ सेयर सदस्य रहेको संस्थाको ११ हजार ९ सय २ ऋणी रहेका छन । बनेपा शाखा कार्यलयका ऋण शाखा प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार आर्थिक संकटको समयमा बैंकहरुले समेत ऋण प्रवाह गर्न नसकेको समयमा समेत बिन्धवासिनी साकोसले नियमित रुपमा ऋण प्रवाह गरेको बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्