IMG-LOGO

बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवस भव्य रुपमा सम्पन्न

 मंगल, चैत २१, २०७९  – हरिनाथ न्यौपाने

 

 

      बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवस गत मङ्गलबार लायकु मञ्चमा भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि वागमति प्रदेशका मुख्यमन्त्रि शालिकराम जमकट्टेलले   कार्यक्रमको उद्घाटन गर्दै तिनै तहका सरकारको सहकार्य र समन्वयमा काम गर्नुपर्ने बताउनुभयो । बजेटको पैसा ठाउँठाउँमा नछरि एकैठाउँमा लगानी गरेमा विकास निर्माणमा सहयोग पुग्ने उहाँको भनाई छ । अहिलेको अवस्थामा संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासको विकल्प नभएको भन्दै उहाँले समूदायमा आधारित कृषि पेशा मार्फत रोजगारी संगै आर्थिक समृद्दि हुने उललेख गर्नुभयो । वागमति प्रदेशका सदस्य कन्चनचन्द्र वादे श्रेष्ठले नगरको विकासको लागि आफू सदैव लागि पर्ने भन्दै प्रदेश सरकार बाट बजेट ल्याउने प्रतिवद्दता व्यक्त गर्नृुभयो । जिसस प्रमुख दिपक गौतमल्ो काठमाण्डौको वैकल्पिक शहरको रुपमा विकास हुँदै गएको बनेपा  नगरपालिकालाई प्रदेश  शहरी विकास आयोजना मार्फत व्यवस्थित शहर निर्माणको काममा सहयोग गर्न आवश्यक रहेको जनाउनुभयो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु श्रेष्ठले नगरपालिका बिचको समन्वयमा काम गर्ने भन्दै बनेपा नगरको विकासमा प्रगतिको कामना गर्नुभयो । पाँचखाल नगरपलिकाका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइवा, लगायतले कार्यक्रममा समबोधन गर्नुभयो ।

      बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले नगरको महत्वाकांक्षि सडक निर्माणमा प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गर्दै कृषि पर्यटन, स्वास्थ्य, शिक्षा, र्पूवाधार निर्माणमा सक्दो काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर क्षेत्रबाट रहेका सामुदायिक विद्यालयबाट २०७८ चैत्र देखि हालसम्मको मितिसम्ममा अवाकश पाउनुहुने स्थाइ शिक्षकहरु, बनेपा नगर क्षेत्रभित्रका सामुदायिक विधालयहरुमा अध्यापनरत अविच्छिन्न रुपमा १५ वर्ष वर्ष सेवा अवधि पुगेका स्थाइ शिक्षकहरु, बनेपा नगरपालिकामा कार्यरत १५ वर्ष सेवा अवधि पूरा भएका स्थाइ कर्मचारी, बनेपा नगरपलिकाको ४२ औं स्थापना दिवश समारोहमा सरिक हुने सांस्कृतिक समूहरु, बनेपा नगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गर्नुभएका कर्मचारीहरुलाई सम्मान गएिको थियो । नगरपालिकाको कार्यालयबाट विविध झाँकी सहित नगर परिक्रमा गरेर आयोजित कार्यक्रममा प्रदेश सांसद रत्न ढकाल, लक्ष्मण लम्साल, रुकु चौलागाँई, पनौती न.पा उपप्रमुख गिता बञ्जारा, भूम्लु गा.पा अध्यक्ष पे्रम बहादुर भुजेल, महाभारत गा.पा उपाध्यक्ष सागर माक्तान,  प्रजिअ पुण्य बिक्रम पौडेल , बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्र. हुमागाँई, सञ्चारकर्मी, नगरवासीहरुको बाक्लो उपस्थिती रहेको थियो । नगरपालिकाले प्रकाशन गरेको बनेपा बुलेटिन  समेत लोकार्पण गरिएको कार्यक्रमको सञ्चालन प्रशासकिय अधिकृत धु्रवराज नेपालले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्