पूर्वीय पहाडी जिल्लाकै व्यापारीक नगरी बनेपामा १२ वर्ष अघि स्थापना भएको निस्ट कलेजको वार्षिकोत्सव समारोह निस्ट फाउन्डेशन संस्थापक अध्यक्ष डा. माधव प्र. बरालको सभापतत्विमा तथा बागमती प्रदेश सांसद कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतमा शनिबार बनेपा पार्टी भेन्यूुमा सम्पन्न भयो । निस्ट कलेजका प्रिन्सिपल दिपक भट्टले स्वागत मन्तव्य दिनुभएको समारोहमा प्रमुख अतिथी बागमती प्रदेशका सांसद वादेले सिप सहितको गुणस्तरीय शिक्षाले मानव जिवनलाई गन्तव्यमा प¥याउने उल्लेख गर्दै निस्ट कलेजले छोटो समयमा नै काभै्र जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । बनेपा वडा नं ९ का वडा अध्यक्ष नृपेश वादे, प्याबसन केन्द्रीय सचिव हिरा शर्मा नेपाल, नेपाल जेसीजका अध्यक्ष विकास मानन्धर, कार्यकारी निर्देशक राजेन्द्रकुमार घिसिङ श्याम भुजेल, भाइस प्रिन्सिपल उमेश दाहाल, व्याच्लर को अर्डिनेटर रजिब श्रेष्ठ र प्रशासन प्रमुख पूण्य प्रसाद कट्टेल लगाएतको आतिथ्यता रहेको थियो ।
कक्षा ११ विज्ञान संकायमा उत्कृष्ट विध्यार्थीहरु प्रविण भण्डारी ३ दशमलब ७० जिपीए, द्दितीय सन्देश लामा, ३ दशमलब ५८ जिपीए, तृतीय मोनिका चौलागाइ ३ दशमलब ४८ जिपीए, व्यवस्थापन संकाय तर्फका प्रथम शुसान्त कुइँकेल, ३ दशमलब ९२ जिपीए, द्वितीय रोशिका श्रेष्ठ ३ दशमलब ७६ जिपीए र तृतीय ३ दशमलब ६० जिपीए र कानुन तर्फ रञ्जना गौतम ३ दशमलब ४१ जिपीए ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत सहित सम्मान गरिएको थियो । त्यस्तै गरी विज्ञान विषयमा कक्षा १२ मा ३ दशमलब ९० जिपीए ल्याउने उत्कृष्ट रविन्द्र श्रेष्ठ , व्यवस्थापन संकायमा ३ दशमलब ८६ जिपीए जिल्ला प्रथम सिम्रन धिताल र कानुन विषयमा ३ दशमलब ७० जिपीए ल्याउने जिल्ला प्रथम विजया आचार्यलाई पुरस्कृत गरिएको थियो । कक्षा १२ मा विज्ञान संकायमा उत्कृष्ट सहित नेपाल प्रथम भएका रजित दाहाल ३ दशमलब ९५ जिपीए लगाएतलाई सम्मान गरिएको थियो । ंंंंंं२ को अर्डिनेटर रजिब श्रेष्ठ, केमेष्ट्री ल्याब असिस्टेन्ट दिनेश दाहाल, कार्यालय सहयोगी द्वय शान्ति बस्नेत र महेश्वर वाग्लेलाई सम्मान गरिएको थियो ।
