विगत केहि समय यता भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको पनौती न.पा. १ र ३ वडाका बिभिन्न स्थानबाट रातिको समयमा खसिबोका चोरी भएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरी टोलीले चैत्र १६ गते बिहान अं. ०३ः०० बजेको समयमा आशापुरी स्थित सडक खण्डमा बा २ ज ४३२७ नम्बरको ट्याक्सीमाथि शंका लागि चेकजाँच गर्दा डिकिमा अं. ३० के. जि. जतीको कालो रंगको बोका १ फेला पारी सोधपुछ गर्दा का.प.जि.पनौती न.पा. वडा नं. ०३ स्थित कुशादेवीबाट चोरी गरि ल्याएको खुल्न आएकोले चोरीमा संलग्न ट्याक्सी चालक जिल्ला रामेछाप दोरम्बा गा.पा.वडा नं.४ बस्ने कमानसिं तामाङको छोरा वर्ष २४ को मिलन तामाङ र वडा नं.७ बस्ने सिंमान तामाङको छोरा वर्ष ४० को सुमन तामाङलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी मुद्धा शिर्षकमा म्याद थप अनुमती प्राप्त भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलले जनाएको छ । साथै निजहरुले चोरी गरेको खसिबोका किनेको भन्ने खुल्न आएपश्चात जिल्ला रामेछाप मन्थली –५ बस्ने दिल बहादुर कार्कीको छोरा वर्ष ४३ को देवी बहादुर कार्की उपर समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
