पूर्वनायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियारले करिब सवा २ करोड रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई तत्कालीन अर्थमन्त्री र व्यापारीको सेटिङमा मध्यराति अर्थ मन्त्रालय प्रवेश गरी अनधिकृत रूपमा करका दर हेरफेरमा संलग्न रहेको आरोप लागेको छ । सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा अख्तियारले घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बिगो, त्यति नै जरिवाना, दुई वर्ष कैद सजाय र स्रोत नखुलेको रकमबाट बढे÷बढाइएको चलअचल सम्पत्ति जफत गर्ने मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
