IMG-LOGO

जिल्ला सहकारी संघ काभ्रेको सर्वोत्कृष्ट

 मंगल, चैत २१, २०७९  ---

 

      सहकरी संस्थाहरुको अभिभावक जिल्ला सहकारी संघ काभे्र ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सर्वोकृष्ट जिल्ला सहकारी संघको रुपमा राष्ट्रिय सहकारी महासंघले घोषणा गरेको हो । देशभरिका ७७ वटा जिल्ला मध्ये जिल्ला सहकारी संघ काभे्र पहिलो भएको हो । सहकारी संस्थाहरुको दिगो विकासका लागी प्रारम्भीक सहकारी संस्थाका सञ्चालकहरु र कर्मचारीहरुको क्षमता अभिवृद्दि, सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक आवस्यकतालाई परिपूर्ति  गर्न जिल्ला संघ लागि परेको छ । जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलिप शर्माले देशकै सर्वोत्कृष्ट जिल्ला सहकारी संघ घोषणाले काम गर्न थप हौसला मिलेको बताउनुभयो । अध्यक्ष शर्माले आगामी दिनमा जिल्ला सहकारी संघ काभे्रको सिंगो टिम सहकारी सुशासन पारदर्शीता र दिगो विकासको लागि निरन्तर लागि पर्ने बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्