जिल्ला बचत संघ काभ्रेको २५ औँ स्थापना दिवस एवं रजत महोत्सवको अवसरमा आयोजित ऋणको कानूनि प्रकृया तथा नापी नक्सा सम्बन्धी दुई दिने तालिम धुलिखेल तालिम केन्द्रको सभाहलमा २०७९ चैत्र १० देखी ११ गते सम्म विषय विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षणमा सम्पन्न भएको छ । तालिमको उद्घाटन सत्र्मा संघका सचिब सुरेन्द्र प्रसाद पौडेलले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै मन्तव्य राख्ने क्रममा ऋण संस्थाले सदस्यहरुको आयस्तर वृद्धि गर्नको लागि निश्चित समय दिएर लगानी गरिने हुदाँ संस्थाले ऋण निति तयार गरि निति बमोजिमको सम्पुर्ण कागजपत्रहरु पुरा गरि धितोको उचित मापदण्डको लगत कट्टा गरि नियमानुसार मार्जिन कटाई कानूनि दायित्व सृजना नहुने किसिमले आवश्यक तमसूकहरुमा सहि छाप गराई मासिक किस्ता वन्दिमा उत्पादनशिल क्षेत्रमा लगानी गरेमा संस्थाको ऋण सुरक्षित हुनुका साथै सदस्यको आयस्तरमा समेत वृद्धि हुने कुरा कार्यक्रममा बताउनुभयो । तालिमको उद्घाटन सत्र्मा संघका कार्यवाहक अध्यक्ष सागरनाथ कपालीलेद उद्घाटन गर्नुभएको थियो ।
तालिममा काभ्रेका ३४ वटा संस्थाहरुबाट ४१ जनाको सहभागिता रहेको तालिममा संघका कार्यवहाक अध्यक्ष सागरनाथ कपालीले संस्था निति, विधि र प्रविधिमा रहि संचालन गर्नु पर्नेमा धेरै जसो संस्थाहरुले ऋण निति समेत तयार नगरेको, धितोको मुल्याङ्कन गर्न नजान्दा धितो रकम भन्दा बढि लगानी गरेको, नक्साको आधारमा फिल्ड पहिचान गरि जग्गाको क्षेत्रफल समेत निकाल्न नजानेको र सदस्यले ऋण जुन शिर्षकको लागि भनि लिएको हो त्यहि शिर्षकमा ऋण प्रयोग नगरेका कारण सहकारीहरुको ऋण दिन प्रति दिन भाखा नाघि मासिक रुपमा किस्ता व्याज प्राप्त नभएको कारण संस्थाको तरलतामा कमी भई बचत फिर्ता समस्या झेल्नुपरेको कुरा राख्नुभएको थियो । तालिमको उद्देश्य, पृष्ठभुमि र औचित्य प्रष्ट पार्दै उद्घाटन सत्रका सभापति निर्मला श्रेष्ठले सान्दर्भिक भनाई राख्दै उद्घाटन सत्र समापन भएको घोषणा गर्दै प्रशिक्षक प्रमोद कुमार घिमिरेलाई ऋणको कानुनि प्रक्रिया सम्बन्धी तालिमको सेसन अगाडी बढाउन अनुरोध गर्नुभएको थियो । त्यसैगरि तालिमको दोस्रो दिनमा भुमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक लेखनाथ दाहालले नापी नक्सा सम्बन्धी तालिममा प्रभावशालि ढङ्गबाट विषयवस्तुमा केन्द्रित भई प्रशिक्षण गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट तालिमको समग्र मुल्याङ्कन सहित आफ्नो धारण राख्दै बुडोल सामुदायिक साकोसका ऋण अधिकृत उमेश आचार्यले तालिमको व्यवस्थापन, प्रशिक्षण शैली एवं तालिमको विषय वस्तुबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघको महिला उपाध्यक्ष निर्मल श्रेष्ठ, लेखासुपरिवेक्षण समिति संयोजक शिव प्रसाद आचार्य, संचालक सदस्य बालकृष्ण दाहालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला बचत संघ काभ्रेका उप–प्रबन्धक रवि के.सीले गर्नुभएको थियो ।
