पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकामा उत्पादति तरकारी विषदि मुक्त रहेको बताउनुभएको छ । लबग्रीन नेपाल र पाँचखाल नगरपालिकाको सहकार्यमा सञ्चालित वातावरण मैत्रि एकिकृत दिगो कृषि विकास परियोजना अन्तरगत सञ्चालि कृयाकलापहरु एवं उपलब्धि बारे अन्तरक्रिया तथा सामाजिक परीक्षण कार्यक्रमलाई सोमबार पाँचखाललाई सम्बोधन गर्दै खरेलले पाँचखालको तरकारी विषादियुक्त छ भनि गरिएको प्रचार निराधार भएको जानकारी दनुभयो । लवग्रिन नेपालको सहकार्यमा सञ्चालित कार्यहरुले पाचँखाल नगरको माटोको गुणस्तरियता वृद्दि हँुदै गएको , प्रतिवन्धित विषदिको प्रयोगलाई पूर्ण बन्देज गरिएको, आइ .ए. म पद्दतिलाई पूर्ण रुपमा अनुशरण गरेको बताउनुभयो । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राािख काम गरिरहेको भन्दै प्रमुख खरेलले सामुदायिक वनबाट आर्थिक बढाउन फलफुल खेति, जडिबुटिको खेति गरिने उल्लेख गर्नुभयो। कार्यक्रममा लवग्रिन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालिले ५ वर्ष भित्रमा पाँचखालको कटिनाशक विषादि ८६ एम.एल प्रति रोपनिलाई ६.५ एम.एल. मा झारिएको र ढुसीनासक विषादिको प्रयोग १.०८ केजीलाई ०.२२३ के.जि मा झार्न सफल भएको बताउनुभयो ।
परयिोजना अन्तर्गत नगरपाकिा भरीका ३०० जना नमुना अगुवा कृषक, ३६२ जना आइ. प.एम, ४२४ जना कृषक गरि कुल १३२६ जना कृषक ले प्रतक्ष लाभ लिइरहेका छन । नगरमा कृषि पेशा प्रति घरधुरीको आर्कषण ३.३ प्रतिसतले बढेको आइ. पि .एम पद्दति अपनाई ४०२ घर धुरिले खेति गरेको, रासयानिक विषादिको प्रयोगमा जोड दिइएको, पशुपालनलाई किशानहरुले वृद्दि गरिरहेको र्निदेशक ज्ञवालिले जनकारी दिनुभयो । ताजा तरकारी र अन्न उत्पादनमा वृद्दि भइ विगत ५ वर्षमा कृषि पेशाबाट कृषकको आम्दानि १ लाख ८५ हजार १४१ बाट वृद्दि भई ४ लाख ७४३ पुगेको , माटोको पि.एच ४.७ बाट बढेर ६ मा पुगेको र माटोमा हुने प्राँगारिक पर्दाथमा १.६ बाट बढेर २.१ मा पुगेको सर्वेक्षणले देखाएको छ । पाँचखाल नगरपालिका कृषिशाखा प्रमुख इश्वर अधिकारिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उपप्रमुख सूर्यमाया दनुवार, प्रमुख प्रशासकिय अधिकृत सूर्य प्रसाद गौतम, वडा अध्यक्षहरु, कृषक एवं सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।
