IMG-LOGO

जिल्ला बचत संघको आम्दानी १ करोड ५० लाख

 मंगल, चैत १४, २०७९  ---

      बनेपा, सहकारीहरुको संथागत विकासका लागि सक्षाम संघ भन्ने उद्देश्य बोकी सहकारिहरुको छाता संघ रुपमा सञ्चाीलत जिल्ला बचत संघ काभे्रको अर्धवार्षिक समीक्षा कार्यक्रम गौतम भिलेज रिसोर्ट बनेपामा संघका कार्यबाहक अध्यक्ष सागरनाथ कपालीको सभापतित्वमा शनिबार सम्पन्न भयो । जिल्ला बचत संघकी महिला उपाअध्यक्ष र्निमला श्रेष्ठले स्वागत मनतव्य राख्नुभएको कार्यक्रममा सचिव सुरेन्द्र पौडेलले सन्चालन गर्नुभएको थियो । प्रबन्धक गुरुप्रसाद ढकालले संघको २०७९ फागुन मसान्त सम्मको वित्तीय अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । ६७ करोड ९६ लाख बचत निक्षेप संकलन, ६८ करोड ३३ लाख ऋण लगानी गरी १ करोड ५० लाख संचालन आम्दानी गर्न सफल भएको कुरा उप प्रवन्धक रबि केसीले जानकारि दिनुभयो । आ व ०७०, ०८० को अनुमानित आय भने ४ करोड ६३ लाख १५ हजार गरेको छ ।

      जिल्ला बचत संघ काभ्रेका प्रमुख सल्लाहकार रामहरी केसीले सहकारीहरु सदस्य केन्द्रित, सदस्यहरुको आर्थिक समृद्दि हाँसिल गर्न, उध्यमि, व्यवसायी बनाई स्वरोजगारको श्रृजना गर्न, दिर्घयोजना निर्माण गरि सञ्चालकहरु ढृढ अठोटका साथ लाग्नुपर्ने धारण व्यक्त गर्नभयो । सहकारीहरुको दिगो बिकास गर्न विना धितो ऋण लगानी नगर्ने , मिटर व्याजमा ऋण लगानी नगर्ने, नीति विधि, प्रविधी र जनशक्तिको सहि सदुपयोग गरेर सदस्यहरुको जीवनमा हाँसो र खुसि ल्याउनु पर्ने तर्क प्रमुख सल्लाहाकार रामहरी केसीले गर्नुभयो । संघका अर्का सल्लाहाकार इन्द्रप्रसाद अधिकारीले सहकारी संचालकहरुको क्षमता विकास, कर्मचारी वर्गको सक्षमतमको विकास सहकारी संस्थाका शेयर सदस्यहरुको आथर््िाक उन्नति प्रगति गर्ने नविनतम योजना , रणनिीतक योजना निर्माण गरेर सहकारीहरुको धर्म, मर्म र सहकारी मूल्य मान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो ।सञ्चालक सदस्य बमलकृष्ण दाहाल, कर्जा सूचना केन्द्रका सदस्य केबी लामा, सञ्चार उपसमिति सदस्य केशब नेपाल, उपसमिति सदस्य बुद्द मानन्धर लगाएतले मन्तव्य राख्नुभएको थियो । उक्त बैठकमा संचालकहरुको क्षमता अभिवृद्दि, पल्स अनुगमन, प्रारम्भीक सहकारी संस्थहरु बचाउ अभियान सञ्चालन र कर्जा सूचना केन्द्रलाई प्रभावकारी बनाउन बचत संघ कठिबद्द भइ लाग्नुपर्ने सुझाब दिनुभएको थियो ।  

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्