IMG-LOGO

सरस्वती माविको ४३ औँ वार्षिकोत्सव

 मंगल, चैत १४, २०७९  ---

      धुलीखेल ८ बडालगाउँ स्थित श्री सरस्वती माध्यमिक विध्यालयको ४३ औँ तथा वासिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य साधुराम बडालको सभापतित्वमा सम्पन्न भयो । धुलिखेल वडा नं ८ का अध्यक्ष  बिनोद गौतम प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा शिक्षक उद्दव प्रसाद बडालले स्वागत मन्तव्य दिनुभयो । प्रमुख अतिथी गौतमले आफु अध्यन गरेको विद्यालयको शैक्षिक स्तर सुधार, भौतिक पूवाधार विकासमा आफूले सक्रिय सहयोग पुर्याउने बताउनु भयो । समाजमा चेतनाको बिकास पु¥याउने, नैतिक, चरित्र न्रिमाण देखि समग्र विकास शैक्षिक स्तरिय विकास हुन जरुरी भएकाले राज्यले शिक्षामा लगानी बढाउनु पर्ने तर्क गर्दै वडा अध्यक्ष गौतमले आफूले प्राप्त गर्ने दुइमहिनाको तलव ५० हजार विद्यालयको छात्रवृती कोषमा दिने बताउनुभयो ।

      सरस्वती माध्यमिक विध्यालयका पुर्व प्रधानाध्यापक रमेश काजी श्रेष्ठले प्रविधी मैत्री शिक्षा उद्यमसिलता सहितको शिक्षाले जीवनको गन्तव्यमा पु¥याउने बताउनु भयो । जनचेतना युवा समुहका अध्यक्ष एंव सञ्चारकर्र्मी रमेस प्रसाद न्यौपानेले सरस्वती स्कुलको लागि जनचेतना युवा समूहले माध्यामिक तह बनाउन सहयोग गरेको उल्लेख गर्दै विध्यालयको शैक्षिक गुणस्तर विकासमा निरन्तर सहयोग पुर्रयाउने बताउनु भयो । सामुदायिक विध्यालयको शैक्षिक शुधार, सूचना र प्रविधीको युगमा विश्व बजारमा बिक्ने, उद्यमि र व्यवसायी बन्ने शिक्षाको खाँचो भएकाले आगामी दिनमा व्वसाहीक धार सिभिल इन्जीनियरिङ विषयको अध्यापन गराउने विसयमा व्यवस्थापन समिती र शिक्षक वर्गले सम्बन्धित निकायमा पहलकदमी गर्न सक्नुपर्ने धारणा जनचेतनाका अध्यक्ष न्यौपानेले उक्त समारोहमा मन्त्व्य राख्नुभयो ।

      विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद बडालले शैक्षिक प्रगति र भावि योजनाका बारेमा बोल्नुभयो, लेखापाल प्रेरणा बडालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो, कक्षागतरुपमा प्रथम, दुतिय, र तृतीय हुने छात्राछात्र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हाँसिल गर्ने विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन शिक्षक नवराज बडाले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्