IMG-LOGO

फेसबुक ह्याक गर्ने गिरोहदेखि सावधान

 मंगल, चैत १४, २०७९  ---

      सामाजिक संजाल फेसबुक अहिले सकारात्मक सन्देश फैल्याउने, सुख दुःख को साथीवन्नु  भन्दा पनि अपाराधिक गतिविधी गर्ने भ्रमपूर्ण सन्देश फैल्याउने माध्यम बन्दै गएको छ । एकमहिना अघि काभे्रको एकजना शिक्षक सिताराम तिवारीसँग मोबाइल नंबर फेसबुक पेजबाट मागि ठगी धन्दा गर्दै हिडेको बताउनुभयो । मेरो मिल्ने एकजना साथी मधुकर गेलाल भन्ने एकजना हुनुहुन्थयो उहाँको पनि ह्याकरले फेसबुक ह्याक गरेको रहेछ, मलाई थाहा भएन । फेसबुकबाट मेरो मोबाइल नं ९८४१४२९९५७  नम्बर माग्यो । मैले दिएँ उसले तुरुन्तै मेरो फेसबुक ह्याक गरेर फेसबुकका मेरा साथीहरुलाई २०÷३० हजार रकम खातामा राखिदिनु भन्दै रकम माग गरेको फेसबुकका साथीहरुले आफुलाई बताएको भन्नुभयो । म रमेशप्रसाद न्यौपानेलाई सिताराम तिवारीको फेसबुकबाट लाइसेन्सको फारम भर्नलागेको मेरो मोबाइल नम्बरबाट भएन तपाईको नम्बर पाउन भनी समस्या नै परेछ की भनेर मैले मेरो मोबाइल नम्बर ९८५१२२६३९९ पठाएँ ।

      आखिर सिताराम तिवारीको फेसबुक पनि एक महिना अघि ह्याक गरेको रहेछ मलाई थाहा भएन । मेरो फेसबुक पनि मोबाइल नम्बर दिएको १० मिनेटमै ह्याक ग¥यो र फेसबुकका साथीहरुलाई आथर््िाक रकम सहयो गरिदिन भन्दै म्यासेज पठाएक साथीहरुले बताए ।  बेलुका ८ बजेदेखि १० बजेसम्म मेरो फेसबुक ह्याक भयो पछि मैले फेसबुक रिकभर त गरें तर फेसबुक ह्याकर गिरोहलेँ उक्त अवधिमा लक्ष्मी बँैक बनेपाको रबिन्द्र सुवालको नाममा रहेको खाता नं ००३४९००६२१७ मा २६ हजार जम्मा गरिदिनु, म पैसा एकमहिनापछि फिर्ता गर्छु भन्दै म्यासेज गरेको साथीहरुले बताए । फेसबुकमा यस्ता खालका म्यासेज आए सतर्क सावधानि अपनाआंै है नत्र फसिएला फेसबुक गिरोहलाई कस्तो कारबाहि हुन्छ भन्ने सन्दर्भमा जिल्ला प्रहरि कार्यलयका डिएसपी ढुण्डीराज न्यौपाने सँग जिज्ञासा राख्दा यस्तो प््रातिकृया दिनुभयो “साइबर क्राइक अन्तरगत मुद्दा चल्ने ठगी धन्दा गरेकोमा हदै सम्मको कारबाहि हुने बताउनुभयो” तर पिडित पक्षले साइबर क्राइम व्यूरोमा निवेदन दिनुपर्ने कुरा डिएसपी न्यौपानेले बताउनुभयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्