IMG-LOGO

सामुदायिक रेडियोलाई सेवामुलक उद्योग सरह मान्यता दिन आवश्यक ः प्रधानमन्त्री प्रचण्ड

 मंगल, चैत १४, २०७९       रमेश प्रसाद न्यौपाने

 

      ललीतपुर, सामुदायिक रेडियो प्रसारक संघ नेपालको १७ औं वार्षिक साधारण सभा तथा सामुदायिक रेडियो राष्ट््िय सम्मेलन कृस्टल बैंन्क्वेट मानभवनमा अकोरावयावका अध्यक्ष अर्जुन गिरीको सभापतित्वमा विहिबार सम्पन्न भयो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले ३ अर्ब लगानिमा सञ्चालित सामुदायिक रेडियोहरको दिगोपन दिन व्यवसायिक विकास, लगानिको संरक्षक साथसाथै पहिचानको आवश्यकता रहेको बताउनुभयो, सामुदायिक रेडियोहरु समाज रुपान्तरणको असिली सम्बाहक, ७० भाषामा समाचार प्रसारण गरेको उल्लेख गर्दै राज्यले भने रेडियोलाई उपेक्षा गरेकोमा दुख व्यक्त गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष एव्ां प्रधानमन्त्री पुस्पकमल दाहालको प्रमुुु्ख आतिथ्यमा सम्पन्न समाहरोमा देश भरिका सामुदायिक रेडियो अभियानकर्मिहरुको सहभागिता रहेको थियो । अकोराबमा आबद्द रहेका ३ सय ८९ रेडियोहरुमा, कोभिड १९ को प््रकोप र २०७२ बैशाख १२ र २९ गतेको भूकम्पको प्रभाव, आर्थिक मन्दी जस्ता कारणले ६१ वटा रेडियोहरु संचालन गर्न नसकि बन्द भएका छन ।

      प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सामुदायिक रेडियोको राष्ट्यि सम्मेलनमा बोल्दै भन्नुभयो नागरिकहरुको हक अधिकार सुनिच्चितका लागि आवाज बिहिनहरुको आवाजलाई बुलन्द गर्दै समानता र सामाजिक न्यायको सिद्दान्तलाई परिपालना गराउने सवालमा सामाजिक जागरण ल्याई समाज रुपान्तरणमा रेडियोहरुले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले रेडियोहरुको साँस्कृृतिक, विविधीकरणको संरक्षण सम्बद्र्दन सामाजिक कूरितीकुसंकारको विरुद्द आवाज उजागर गरेको , देशमा आइपरेको महाविपत्ती महाभुकम्प, कोभिड १९ को समयमा नागरिकहरुको समस्या उजागर गरि सरकारलाई नागरिक प्रति जिम्मेवार र जवाफदेहिता बनाउन संचार माध्मले भूमिका खेलेको उल्लेख गर्नुभयो । पे्रस स्वतन्त्रता, सञ्चार माध्यमको सवलीकरण, पत्रकारहरुको हितको लागि पत्रकार विकास कोषको स्थापना गर्न र आवश्क ऐन नियम कानुन र्निमाणका लागि सरकार तत्पर रहेको भनाइ प्रधानमन्त्री प्रचण्डले राख्नुभयो । सामुदायिक रेडियोलाई सेवा मुलक उद्योग सरह मान्यता दिन सरकार प्रतिवद्द रहेको कुरा प्रधानमन्त्रि प्रचण्डले राष्ट्रिय सम्मेलनमा रेडियो अभियानकर्मीहरुको बिचमा बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार उल्लद्यंनका घटनाहरु दिनप्रतिदिन बढ्दै गएकाले सरकार र सबन्धित निकायहरुले ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले संचार माध्यम सरकारको जहिल्यै पनि प्रतिपक्ष हुने हँदा सत्य र तत्थ्यको आधारमा आम नागरिकलार्इृृ  सुसूचित गराउनु पर्ने धारणा राख्नुभयो । तथ्यहिन आधारहिन समाचार प्रभावले नागरिकमा भ्रम फैल्याउदाँ अपराधिक क्रियाकलाप फैलिने हुन्छ त्यसैले संचार माध्यमले आफ्नो धर्म र कर्म बिर्सनु नहुने तर्क गर्नु भयो । कांग्रेस महामन्त्री थापाले लोकतन्त्रको पहरेदार सञ्चारमाध्यमको संस्थागत र व्यवसाहिक विकासको लागि संरक्षण गर्नु राज्यको दायित्व भएकाले सामुदायिक रेडियोको हितको लागि नीति नियम निर्माण गर्नु, पार्टी, सांसद र सरकारको तर्फबाट गर्नृु पर्ने सहयोेग निरन्तर रहने बताउनुभयो । सञ्चार माध्यम र सरकार दुबै मिलेर जनतामा आशा र भरोसा निर्माण गर्नृु पर्ने उल्लेख गर्दै कांर्गेस महामन्त्री थापाले भन्नुभयो । प्रधानमन्त्रिको कुर्सि छिनछिनमा डराउनुपर्ने छ । किनकि नागरिकको जिवनमा हाँसो र खुसी ल्याउन नसकिन्जेल प्रधानपमन्त्रीको कुर्सी दिन दिनै जोखिममा पर्नु सवभाविक रहेको उल्लेख गर्नु भयो ।  नेकपा एमालेका उपमहासचिव पृथवी सुब्बा गुरुङले राजनितिक बेतिथी अस्थिरताले जनातामा निरासा छएको उल्लेख गर्दै, व्यवस्था परिवर्तन भए अनुसार नीति कानुन परिवर्तन गरेर आमनागरिकलाई जन जीविकाको सवालमा होस या विकासमा परिवर्तनको उपलब्धि दिन सक्नु पर्ने र संचार माध्यमको स्थायित्व र विकास हुन जरुरी रहको र पार्टिले त्यसमा भूमिका खेल्ने कुरा एमाले उपमाहसचिव गुरङले बताउनु भयो एकीकृत माजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपाका प्रवत्ता मनिक सुमन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, एबियुका रेडियो हेड वल्या बोम,  युनिस्कोका नेपाल प्रमुख माइक्ल टेफ्ट, व्र्लड भिजनका राष्ट्रिय निर्देशक रोसीलन गाबरियल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, ए डब्लु मोनिटरीङ कमिटी संयुक्त राष्ट्र संघ सदस्य बन्दना राणा, अकोराबका संस्थापक संघका अध्यक्ष रघु मैनाली, नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुङ्गाना, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमगाँई लगाएतले मन्तव्य राख्नुभएको थियो । अकोराबका महासचिब किशोर थापाले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सरोज पौडेलले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण संयोजक डा. भुमिराज चापागाँईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । अकोराबका प्रमुख कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले २००७ सालमा स्थापना भएको रेडियो, इतिहासमा सामुदायिक रेडियोको इतिहास २५ वर्ष पुगेको उल्लेख गर्नुभयो । सिआइएन प्रमुख दिपक आचार्यले १ सय २५ जातजाति भएको देशमा ७० भाषा भाषीको समाचार सूचना प्रवाह गर्ने सामुदायिक रेडियोले नागरिकहरुको हक अधिकारलाई सूनिस्चित गर्न खबरदारी गरेको उल्लेख गर्नुभयो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्