IMG-LOGO

मदुमेह र उच्च रक्तचाप बिरामिले आँखा जाँच गरौँ

 मंगल, चैत १४, २०७९  ---

            ४५ औं नेत्र ज्योति दिवस नेपाल पत्रकार महासंघको ६८ औं स्धापना दिवसको अवसरमा र नेपाल पत्रमार महासंघ काभे्रको समन्वयमा रेयुकाई आँखा अस्पतालको संयुक्त आयोजनामा सञ्चारकर्मी सँग आँखा जाँच सम्बन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । जन्मेको ६ हप्ता देखि ९ हप्ता सम्म अनिवार्य आँखा जाँच गर्नुपर्छ । ४० वर्ष उमेर पुगेका नागरिकले वर्षमा एक पटक, मधुमेह, उच्च रक्तचाप भएका बिरामिले समेत नियमित आँखा परीक्षण गर्नुपर्ने कुरा रेयुकाई एइको मासुनागा अाँखा अस्पताल बनेपाका प्रमुख प्रशिक्षक विमल पौडेलले सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा  बताउनुभएको हो ।  सन् २००७ सालमा स्थापना भएको रेयुकाई एइके, मासुनागा अस्पतालले दोलखा, जनकपुर, ढल्केबार लगाएतका आँखा रोगिहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउदै आएको अस्पतालका अध्यक्ष मधु आचार्यले बताउनुभयो । बनेपा आँखा अस्पतालबाट मात्रै २०७९ फागुन मसान्त सम्म ३५ हजार ६० जना व्यक्तिलाई सेवा पुर्याएको कुरा प्रगति श्रेष्ठले सञ्चारकर्मी बीच बताउनुभयो ।

            उक्त आँखा जाँच सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल , राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, अस्पतालका डा. संकेत पराजुलि लगाएतले मन्तव्य राख्नुभएको थियो । उक्त अस्पतालमा जल विन्दु , मोति विन्दु सल्येक्रिया गर्नेदेखि लिएर गा्रमिण भेगका निम्न वर्गिय व्यक्तिहरुको निःसुल्क आँखा जाँच र वृहत स्वास्थ्य शिविर समेत नियमित गर्दै आएको कुरा अस्पतालका प्रमुख हिरामणि शर्माले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्