नेपाली काङगे्रस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आर्थिक चुनौती देशका लागि घातक बनेको बताउनुभएको छ । नेपाल तरुण दल काभे्रले आयोजना गरेको वृहत तरुण भेलाको शनिबार बनेपामा उद्घाटन गर्दै उहाँले अन्तराष्ट्रिय द्दन्दका कारण नेपालको आर्थिक अबस्था धरासयी भएको टिप्पणि गर्नुभयो । पार्टि सुद्ढीकरण गरि नेपाली काङगे्रस पार्टिलाई वहुमतका साथ विजयी जिम्मेवारी तरुण भएको उहाँको भनाइ छ । काभ्रे कांग्रेसमा सूर्यमुखि कांग्रेसको भूमिकाले गर्दा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ मा निर्वाचनमा हार व्यहोर्नु परेको कुरा कांग्रेस केन्द्रीय सदस्य राणाले उल्येख गर्नुभयो । कार्यक्रममा काङग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले तेसो्र दललाई सत्ता सुम्पिनु बाध्यात्मक भएको भन्दै राननीतिक अवस्था जीटल मोडमा आएको बताउनुभयो । नेपालि काङगे्रस बागमति संसदिय दलका नेता वहादुर सिंह लामाले प्रदेशभरका कृषि, सडक, व्यापारलाई व्यवस्थित गराउन योजनाबद्द ढङले लागिपर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । नेपाली काङगे्रसका केन्द्रीय सदस्य द्धय रामहरी खतिवडा र लक्ष्मी खतिवडाले तरुण दल पार्टिको मेरुदण्ड भएकाले यसलाई शसक्त बनाउने भूमिका खेल्न नेतृत्वलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपालि काङगे्रसका जिल्ला सभापति तिर्थ लामा, पूर्व सभापति शिव प्रसाद हुमगाई, तरुण दलका केन्द्रिय सदस्य विद्वान गुरु लगायतले सम्बोधन गर्नुभएको थियो । तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको सभापतित्वमा सम्पन्न भएको भेलामा तरुण कार्यकर्ता, कागे्रसका क्रियाशिल सदस्यहरु ,भातृ संगठन एवं शुभेक्षुक सघं सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थयो ।
