बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्कटेल बनेपा आउनु हुने भएको छ । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसको उद्घाटन मुख्यमन्त्री जम्कटेलले गर्ने कार्यक्रम छ । उक्त समारोहमा काभ्रेका प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरु अतिथिको रुपमा सहभागी हुनुहुने छ । बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यका अनुसार बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसको अवसरमा विभिन्न सांस्कृतिक झाँकी सहित बनेपा नगरपारिक्रमा गरी लायकु मञ्चमा भेला हुने कार्यक्रम तय भएको बताउनु भयो । उक्त समारोहमा १५ वर्ष र २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरी सम्मान गर्ने कार्यक्रम रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइले बताउनु भयो ।
