रोेशी गाउँपालिका वडा नं. ९ विपीराज मार्गमा इलाका प्रहरी कार्यालय मंगलबारबाट खटिएका प्रहरी टोलीले अवैद्य समाग्री वोसार पसार गर्ने महोत्तरीबाट काठमाण्डौं तर्पm आउँदै गरेको बा.५.ख. २०३४ नम्बरको फोर्स गाडी सहित समाग्री प्रहरीले बरामत गरेको छ । शिखरपान मसला ५० पाकेट, चारमिनार गोल्ड १० पाकेट, राजमिनास ५५ पाकेट र रेड बुल २ केस अवैद्य समाग्री बरामत गरेको छ । त्यस्तै गरी खोटाङबाट काठमाण्डौं तर्पm आउँदै गरेको प्रदेश ०१–०७००१ज००१६ को फोर्स गाडीमा अवैद्य समाग्री बरामत गरेको छ । सुजुकी पाइन्ट कपडा ४ रोल एसआर एस कपडा १ रोल, मेट्रा १ रोल गरी जम्मा ९२ दशमलव ८ मिटर कपडा र सर्ट कपडा ७ रोल १ सय ३७ मिटर कपडा बरामत गरी हिजो राजश्व अनुशन्धान विभाग हरिहर भवन ललिटपुरमा कारवाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रले जनाएको छ ।
