IMG-LOGO

विकासको भौतिक प्रगतिको बारेमा अन्तरक्रिया

 मंगल, चैत ७, २०७९  --

       शहरी विकास तथा भवन कार्यालय काभ्रेले चालु आ.व मा सञ्चालित कार्यक्रमबारे सञ्चारकर्मीसँग सोमबार अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यालय प्रमूख सन्तोष कुमार निरौलाले दोश्रो चौमासिक प्रगति अवस्थाकोबारेमा जानकारी दिनुहुँदै प्रादेशिक बजेटको ६० प्रतिशत भौतिक र संघीय सर्शतको ८० प्रतिशत भौतिक प्रगति भएको बताउनु भयो । कुल १५२ आयोजनाहरु  मध्ये २५ वटा आयोजना सम्पन्न भएको, १३४ वटा कार्यन्वयनमा गएको र १८ वटा योजना विभिन्न कारणले बाँकी रहेको उल्लेख गर्दै निरौलाले काभ्रे जिल्लामा ४९ वटा योजना रहेको र ३ वटा सम्पन्न भइसकेको जानकारी दिनु भयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रीराज तिमल्सिना लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

पतंजली योग समिति काभ्रेको वार्षिक उत्सव भव्य रुपमा मनाईने

       पतंजली योग समिति काभ्रेको वार्षिक उत्सव मनाउन महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ । वार्षिक उत्सवको उपलक्षमा चैत्र ११ गते महिलाहरुको पाठेघर समक्षमा योग भवन बनेपामा स्वास्थ्य शिविरको आयोजना गरिने र उक्त स्वास्थ्य शिविरको सहयोगीहरुमा रोटरी क्लब अफ काभ्रे, आभाष बचत तथा ऋण सहकारी संस्था, सुलभ बचत तथा ऋण सहकारी संस्था र भोमी बचत तथा ऋण सहकारी संस्था रहेको छ । यस्तै चैत्र १८ गते भकुण्डेवेशीमा योग शिविरको साथै स्वास्थ्य शिविरको आयोजना गरिने छ जसका लागी माधव प्रसाद श्रेष्ठको संयोजकमा एउटा समिति गठन भएको छ ।

       यसै गरि लायकु योग साधना केन्द्र बनेपामा चैत्र २५ देखी २९ गतेसम्म योग शिविर र योग प्रतियोगिताको आयोजना हुने भएको छ । सोको लागी बनेपा नगर संयोजक मनिषा बडाल संयोजक रहनुभएको छ । यस्तै बनेपा नगरमा प्रभात फेरी गरिने र सोको लागी श्याम कुमार श्रेष्ठ संयोजक रहनुभएको छ भने सो कार्यक्रम व्यवस्थापनको लागी कान्छा कुमार श्रेष्ठ संयोजक रहेको आर्थिक समिति समेत गठन गरिएको छ  भने प्रचार प्रसार समितिमा संयोजक रघुनाथ कपाली रहनुभएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्