IMG-LOGO

गुरुकुलको छात्रावास निर्माणको लागि महायज्ञ

 मंगल, चैत ७, २०७९  --

 

       बिन्धवासिनी आध्यात्मिक प्रतिष्ठानको दोश्रो वार्षिकोत्सवका अवसरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ। यही चैत्र ८ गते देखि १७ गते सम्म सञ्चालन हुने जान महायज्ञमा वैदिक विधि अनुसार रुद्राभिषेक, श्रीमद देवी भागवत पाठ पारायण, प्रवचन, वेद, पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, लक्षदिप प्रज्वलन, तुलादान, भूमिदान, अन्नदान र शहिद उदारका निमित्त होम पितृ उदारका निमित्त विशेष अनुष्ठान लगायत विभिन्न अनुष्ठानहरू सम्पन्न गरिने विहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानको अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो। अनन्त विभुषित क्षेत्रीय ब्रम्हनिष्ठ स्वामी श्री निशेषानन्द महाराजको सत् संकल्पमा भागवत परिकर नारायण सञ्जेलबाट संगीतमय कथा वाचन भजन र किर्तन हुने प्रतिष्ठान सचिव राम प्रसाद तिमल्सिनाले बताउनु भयो । यसै विच महायज्ञको पूर्वसंध्यामा काभ्रे जिल्ला तथा आसपासका जिल्लामा रहेको मन्दिर, गुरुकुल, सन्त आश्रम स्वामी एवं गुरु पण्डितहरुसँग प्रतिष्ठानले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सनातन धर्म संस्कृतिको बारेमा सन्त भेलाको आयोजना गरी साक्षात्कार गरेको प्रतिष्ठानका सचिव एवं महायज्ञ प्रचार प्रसार समितिका संयोजक राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

       पनौती ५ नैकिन्टारमा स्थापित प्रतिष्ठानले आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउने वैदिक सनातन धर्म संस्कृतिको रक्षा गर्ने आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्व शान्ति ’ मानव कल्याण गर्ने उद्देश्य लिएको छ । महायज्ञ सम्पन्न गरिसके पछि बचेको रकमबाट विन्धवासिनी मंगलशैनी मन्दिर निर्माण गर्दा भएको सम्पूणर् हिसाबलाई मिलान गर्ने र विन्धवासिनी गुरुकुल सञ्चालनका लागि भवनी र छात्रावास निर्माण, बहुउद्देश्यीय सामूदायि भवन, सत्सङ, भवन, सन्त निवास आदी निर्माण कार्यहरु सम्पन्न गरिने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्